बीएमडब्लूको इलेक्ट्रिक क्रसओभर बिक्री सुरु

-



     सफल आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित


काठमाडौं, २ मंसिर । कार निर्माता कम्पनी बीएमडब्लूले उत्पादन गरेको विद्युतीय क्रसओभरको बिक्री शुरु गरिएको छ ।
कम्पनीले उत्पादन गरेको ‘आईएक्स–१’ विद्युतीय क्रसओभर जर्मनीबाट बिक्री शुरु गरिएको हो । कम्पनीले यो क्रसओभर पहिलो पटक गत २०२२ को मे महिनामा प्रदर्शन गरेको थियो ।

कम्पनीले यो मोडल जर्मनी आउँदो हप्ताबाट ग्राहकलाई हस्तान्त्रण गर्ने तालिका बनाएको छ । हाल एउटै मात्र भेरियन्टमा उपलब्ध यो इलेक्ट्रिक केरसओभरमा ६६.५ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४३७ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

प्रविधिक विशेषताका हिसाबले हेर्दा कम्पनीले अहिले बिक्री गर्दै आएको एक्स–१० कै प्लेटफर्ममा तयार गरेको यो मोडलले शून्यदेखि १०० किलोमिटरको गत ५.७ सेकेन्डमै भेट्टाउने दावी गरिएको छ । बीएमडब्लूले यसमा २३३ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिएको छ । यसरी हेर्दा आईएक्स–१ ले ३१३ हर्सपावर शक्ति उत्पादन गर्ने आकलन गरिएको छ ।

बीएमडब्लूले यसमा १२७ किलोवाटको डिसी चार्जर सपोर्ट गर्न सक्नेगरी यसलाई तयार पारेको जनाएको छ । यसको भित्री भाग हाल बजारमा उपलब्ध बीएमडब्लू एक्स १ को जस्तै रहेको छ ।