
पाेखरा, ४ मंसिर । न बाटोमा मान्छे छन्, न सुरक्षाकर्मिहरु नै देखिन्छन् । यसअघिका निर्वाचनमा बिहानैदेखि चहलपहल देखिने गरेकोमा यसपालिको निर्वाचनमा त्यो दृश्य देखिएन ।
मतदान केन्द्रमा भने सुरक्षा व्यवश्था मजबुत पारिएको छ । निर्वाचन केन्द्रहरुमा मतदाताहरु पातलो रुपमा उपस्थित भईरेहका देखिन्छन् । २० वर्ष देखि ४५ वर्षसम्मका युवाहरु बाहेक अन्य उमेर समूहका मानिसहरु बढी देखिएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आज बिहान ७ वजेदेखि कास्कीमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहानको समयमा चीसोका कारण मतदाताको उपस्थिति यसअघिका निर्वाचनमा जस्तो पातलो देखिएको भएपनि १० वजेपछिको समयमा मतदाताको उपस्थिति बढेको देखियो ।
निर्वाचन लोकतन्त्रको सवल पक्ष हो । जनताले आफुले बनाएको कानूनले आफैं शासित हुने भएकोले निकै महत्वपूर्ण छ । जनताले रोज्ने उम्मेदवारले जनताका आवश्यक्ता अनुसारका नीति नियम बनाएर कार्यसम्पादन गर्नका लागि आवधिक निर्वाचनमा जाने गरिन्छ ।
निर्वाचनमा मतदाताको उत्साह भने अलि कम भएको महशुस गरिएको छ । मतदानमा सहभागि त भएका छन् तर उनहिरुमा यो त महान पर्व हो । यसले हाम्रो जीवनमा परिवर्तन ल्याउँछ । संविधान प्रदत्त अधिकारहरु, मौलिक हकहरुको सुनिश्चितता हुन्छ भन्नेमा संकोच कायम रहेको पाईन्छ । कोहि कसैले पनि हर्षउल्लासका साथ सहभागि भएको भन्दा पनि भोट हाल्न जानेहरुले आफ्नो अधिकार हो हाल्नुपर्छ भन्ने मान्यता बोकेको पाईयो ।
पोखरा १३ मा रोकिएको दुईघन्टा पछि मतदान

पोखरा महानगरपालिका वडा नं १३ कुँडहर, मियाँपाटनस्थित मौला इस्लामिक सामुदायिक (मदर्सा) प्राथमिक विद्यालयमा भने बिहान करिब दुइ घन्टा मतदान स्थगित भएपनि सहमति पछि मतदान पुनः शुरु भएको छ ।
सो केन्द्रको ख मा १४ जना मतदाताले मतदान गरेर फर्किएपछि चुनाव चिन्ह मतपत्रमा नदेखेको बताए । २५ औं नं मा मतदान गर्न गएकि राष्ट्रिय स्वतन्त्र पार्टीकि प्रतिनिधि सभा समानुपातिक उम्मेदवार समिउन निशाले पनि आफुले मतदान गर्दाका बखत मतपत्रमा चुनाव चिन्ह नदेखेको बताईन । रास्वपाले प्रदेशमा उम्मेदवारी दिएको छैन ।
उनका अनुसार प्रतिनिधि सभाको मतपत्र हुनुपर्नेमा प्रदेश सभाको मतपत्र दिईएको बताईन । कसरी मतपत्र यताउता पर्यो ? यस्को जिम्मा कल्ले लिने ? भनेपछि निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यसहितको छलफलपछि पहिले मत हालेर गएका १४ जना मतदातालाई पुनः मतदानमा सहभागि गराएर मतदान प्रक्रिया साडे १० वजेबाट शुरु गरएिको थियो ।
उम्मेदवार समिउनले सफल आवाजसंग कुराकानी गर्दै भनिन्, जब म मतपत्र लिएर भोट हाल्न गएँ चुनाव चिन्ह नै छैन । त्यसपछि मैले निर्वाचन प्रक्रियालाई अगाडी नबढाउन भने । यो समस्या पोखरा १३ को वडामा रहेको केन्द्रमा पनि देखिएपछि भद्रकालि मावि लगायतका केन्द्रमा निर्वाचन अधिकृत, जिल्ला सुरक्षा समितिका पदाधिकारी, इन्सेक, नियाेक, संकल्पलगायतका संस्थाका पर्यवेक्षाक र पत्रकारहरुकाे टाेलीले अनुगमन गरेकाे थियाे ।






काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



