इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवा ३ दिन बन्द रहने

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


काठमाडौं, ८ मंसिर । दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीमा राखिने इम्बोस्ड नम्बर प्लेटको अनलाइन तथा कार्यालयबाट प्रदान गरिने सेवा तीन दिनसम्म बन्द रहने भएको छ ।

यातायात व्यवस्था विभागले आज एउटा सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेट प्रणालीका सर्भरहरूको विद्युत आपूर्ति प्रणाली यूपीएस मर्मत गर्नुपर्ने भएकाले मंसिर ९ देखि ११ गतेसम्म सर्भर बन्द रहने जानकारी दिएको हो ।

यो अवधिमा अनलाइन आवेदन तथा यातायात कार्यालयहरूबाट प्रदान गरिने सेवा अवरूद्ध हुने भएकाले यसबाट सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले माफी पनि मागेको छ ।