महिला हिंसा विरुद्धको १६ दिने अभियान गर्दै जोन्टा

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


पोखरा, ८ मंसिर । जोन्टा क्लब अफ पोखराले महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम गर्ने भएको छ । क्लबले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

अभियान अन्तर्गत विभिन्न अन्तक्र्रिया तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिने क्लवका अध्यक्ष मोनिका थापाले बताइन् । अभियान अन्तर्गत शनिबार बसुन्धारापार्कदेखि लेकसाइडसम्म मैनबत्ति र्याली गरिने छ ।

जोण्टा महिलाहरुका हक अधिकार तथा समस्या र विभेदलाई उजागर गर्ने उद्देश्यले सन् १९१९ मा अमेरिबाट स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो । जोण्टा क्लब नेपालमा ९ बर्ष अगाडि स्थापना भएको थियो भने जोण्टा क्लब अफ पोखरा सन् २०१९ मा दोस्रो क्लबको रुपमा स्थापना भएको हो ।

क्लबले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य तथा महिला सशत्तिकरणका लागि काम गर्दै आइरहेको क्लवका अध्यक्ष थापाले बताइन् । संस्थामा हाल ३० जना सदस्य आवद्ध रहेका छन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु हुँदै छ । हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस मनाउने गरिन्छ ।