बाराही हाइड्रोपावरकाे आईपीओ मंसिर २१ गतेदेखि आउँदै

-



     सफल आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेदेखि सेयर (आईपीओ) निष्काशन गर्न लागेकाे छ । कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्काशन गर्ने भएकाे हाे ।

कम्पनीका अनुसार यस अघि आयोजना प्रभावित क्षेत्रका जनताका लागि निषकाशन गरिएकाे सेयरबाट बिक्री नभएकाे १ लाख ४ हजार कित्तासहित ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएकाे हाे ।

साे सेयरबाट २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँड भइसकेकाे छ । ११ हजार ८० कित्ता कर्मचारीहरुका लागि रहेकाे । बाँकी रहने ५ लाख १५ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले मंसिर २६ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे अवधिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा पुस ६ गतेसम्म आवेदन पेश गर्न सकिनेछ । यसका लागि घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

कम्पनीले बाग्लुङको कुश्मीसेरा र सर्कुवा गाविसमा रहेकाे १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजनाबाट २०७४ असार २४ गतेबाट व्यापारिक उत्पादन शुरु गरेर नेपाल विद्युत प्राधिकरणलाई विजुली बिक्री गर्दै आइरहेकाे छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।