नेपाल आउँदै फोर्सको अर्बानिया भ्यान,के के छन् विशेषता ?

-



     सफल आवाज    
     मंसिर १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । फोर्स मोटर्सले अर्बानिया भ्यान नेपालमा ल्याउने भएको छ । यो एउटा स्टाइलिस, सुरक्षित र आरामदायी अनुभव प्रदान गर्ने किसिमले निर्माण गरिएको गाडी भएको कम्पनीले जनाएको छ ।

फोर्स अर्बानिया एसयूभी र एमपीभी अनुभव प्रदान गर्ने भ्यान हो । यसको बडी डिजाइन आकर्षक रहेको छ । सेग्मेन्टमै पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएल, एलईडी सिग्नेचर ल्याम्पको साथै लाइट गाइड टेक्नलोजी यो गाडीमा समावेश गरिएको छ ।

यो भ्यानमा मर्सिडिज– डिराइभ्ड एफएम २.६ सीआर ईडी टीसीआईसी डिजेल इन्जिन रहेको छ । यो इन्जिनले ११५ एचपी पावर र ३५० एनएम पिक टर्क जेनेरेट गर्ने कम्पनीको दावी छ । यसबाहेक हिलहोल्ड असिस्ट, ईएसपी, एबीएस, ईबीडी, ईटीडीसी, अल ह्विल भेन्टिलेटेड डिस्क ब्रेकजस्ता सुरक्षाका विशेषताहरुर उपलब्ध छन् । अर्बानिया भ्यान १०, १३ र १७ सिटर क्षमता गरी तीन अप्सनमा उपलब्ध छ ।

यो गाडी पहिलो पटक सन् २०२० मा सम्पन्न अटो एक्सपोमा सार्वजनिक गरिएको थियो । यो प्रकारको भ्यान केही दिन पहिले भारतको इन्दौरमा भएको डिलर मिटमा सार्वजनिक गरिएको थियो । भारतमा यसको सुरुवाती मूल्य २८ लाख ५० हजार भारु तोकिएको छ । तर नेपालमा कुन मोडल आउँछ र त्यसको मूल्य कति पर्छ भन्ने यकिन छैन । नेपालमा आयाम इन्टरकन्टिनेन्टलले फोर्सका गाडी बिक्री–वितरण गरिरहेको छ । तर आयामले पनि यसबारेमा विस्तृतमा जानकारी दिइसकेको छैन ।