
काठमाडौं, १५ मंसिर । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । आज अपराह्न साढे २ बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र ६ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा ९एमाले०को अग्रता कायम छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिकमा सो पार्टी अगाडि रहेको पाइएको छ ।
हालसम्मको १ करोड २ लाख ८२ हजार ७ सय १९ सदर मतमध्ये एमालेले प्रतिनिधिसभातर्फ २७ लाख ३५ हजार ८ सय १७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ७ हजार ८ सय ३१, नेकपा ९माओवादी केन्द्र०ले ११ लाख ५७ हजार ४ सय ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १० हजार ७ सय ६३ मत प्राप्त गरेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८२ हजार ८ सय ७५, जनता समाजवादी पार्टी नेपालले ४ लाख १९ हजार ४ सय ५७, जनमत पार्टीले ३ लाख ९३ हजार १ सय ७४, नेकपा ९एकीकृत समाजवादी० ले २ लाख ९३ हजार ६ सय २९, नागरिक उन्मुक्ति पार्टीले २ लाख ६९ हजार १ सय ७० मत प्राप्त गरेको छ ।
प्रदेशसभाअन्तर्गत प्रदेश नं १ मा एमालेले ६ लाख ३२ हजार ७ सय ४, कांग्रेसले ५ लाख ३२ हजार ८ सय ४५, राप्रपाले १ लाख ९१ हजार ७ सय ७१ र माओवादी केन्द्रले १ लाख ७७ हजार ७ सय २१ मत प्राप्त गरेको छ ।
मधेसमा कांग्रेसले ३ लाख ९९ हजार ५ सय ८९, एमाले ३ लाख ५१ हजार २ सय ८४, जनमत पार्टीले ३ लाख २४ हजार ३ सय ३३, जसपा नेपाल १ लाख ९६ हजार ३ सय ४०, माओवादी केन्द्रले १ लाख ८० हजार १ सय ४, एकीकृत समाजवादीले १ लाख १३ हजार ५ सय ९० र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १२ हजार ३ सय ४४ मत प्राप्त गरेको छ ।
बागमतीमा एमालेले ५ लाख ५४ हजार ६ सय ६२, कांग्रेसले ४ लाख ६३ हजार ५ सय २८, माओवादी केन्द्रले २ लाख ६९ हजार २ सय ५४ र राप्रपाले २ लाख ६६ हजार ७ सय ४२ तथा गण्डकीमा एमालेले ३ लाख ४२ हजार ८ सय ७२, कांग्रेसले ३ लाख १९ हजार ४ सय ९ र माओवादी केन्द्रले १ लाख १५ हजार ४ सय ८ मत प्राप्त गरेको छ ।
लुम्बिनीमा एमालेले ५ लाख ७० हजार ९ सय २१, कांग्रेसले ४ लाख ९९ हजार ९ सय ८६, माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५०, राप्रपाले १ लाख २७ हजार ४ सय ५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५ सय २१ मत प्राप्त गरेको छ ।
कर्णालीमा एमालेले १ लाख ८३ हजार ९ सय ५०, कांग्रेसले १ लाख ७० हजार ७ सय ५६, माओवादी केन्द्रले १ लाख ३७ हजार ६ सय २९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ४८ हजार ८ सय ४०, कांग्रेसले २ लाख ४३ हजार ३९ र माओवादी केन्द्रले १ लाख १८ हजार ९ सय ३ मत प्राप्त गरेको छ ।






काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



