
काठमाडौं, २० मंसिर । ड्राइभिङ लाइसेन्सको ट्रायल परीक्षामा ७० अंक ल्याए पुग्ने व्यवस्था स्थगित भएको छ । यो व्यवस्था केही दिनअघि बागमती प्रदेशभित्र लागू गरिएको थियो । तर उक्त व्यवस्था केही समयका लागि स्थगित गरिएको छ ।
बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंका अनुसार जनशक्ति अभावले आवश्यक तयारी पूरा गर्न नसक्दा मुख्यमन्त्रीको कार्यलयले दिएको निर्देशनका आधारमा तत्कालका लागि प्रक्रिया रोकिएको हो । यसका लागि आवश्यक तयारी पूरा गर्न थप समय लाग्ने भएकाले हालका लागि स्थगित गरिएको चौलागाईँको भनाइ छ ।
उनले भने, ‘शुक्रबार मन्त्रयालयबाट जनशक्ति अपुग भएर तयारी पूरा गर्न नसकिने कुरा आयो । निर्देशिका कार्यान्वयन गर्दा हरेक परीक्षार्थीको छुट्टाछुट्टै फाराम तयार गर्नुपर्छ । त्यसैले पहिले लागू हुन्छ भनेको निर्देशिका पछि स्थगित गर्नुपर्ने निर्णय भयो । नयाँ अंकभार प्रणाली चाँडै नै कार्यान्वयनमा ल्याउने जानकारी आएको छ ।”








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




