
काठमाडौं, २२ मंसिर । सानिमा लाइफ इन्स्योरेन्स र समिट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्जले मर्जर प्रयोजनका लागि रोक्का रहेका यी दुई कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।
यी दुवै कम्पनीको आधारभूत सेयरधनीको बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर प्रकृया रहेका दुवै कम्पनीले सेयर कारोबार फुकुवा गर्न गरेको अनुरोधका आधारमा फुकुवा गरिएको बुझिएको छ ।
यी दुवै कम्पनीको सेयर कारोबार आगामी आइतबारदेखि खुल्नेछ । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको थियो । यसैगरी समिट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता भएका थियो । त्यसयता यी दुवै कम्पनीको सेयर कारोबार रोक्का रहेको थियो ।






काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



