
काभ्रे, २८ मंसिर । काभ्रे जिल्लाकाे बेथानचोक गाउँपालिकामा हिजाे साँझ भएकाे बस दुर्घटनामा परी १८ जनाको ज्यान गएकाे छ ।
बा ३ ख ४३८५ नम्बरको बस बेथानथोक ५ च्याल्टीमा गरिएकाे ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्लेतिर गइरहेको बेला दुर्घटनामा परेको जनाइएकाे छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् ।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले अनुसार मृतकको संख्या १८ पुगेको बताए । बसमा ३९ जनाले यात्रा गरेका थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल र पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिए ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् । उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिए ।






काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



