
पोखरा, ४ पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नयाँ राजनीतिक संरचनाको अभ्यासमा रहेकोले जनताले सोचे, खाेजे अनुरुपको कार्य गर्न नसकिएको बताएका छन् । उनले अबका दिनमा संचारजगतलाई विकासका कार्यहरुमा संगै जोडेर लैजान आवश्यक भएकाे बताए । उनले भने, ‘यसाे गरियाे भने राम्रा कामकाे राम्राे र खराब कामहरुकाे प्रत्यक्ष खबरदारि हुन्छ ।’
जनताका त धेरै अपेक्षाहरु हुन्छन् तर हामी संघीय संरचनाका काम गर्न गएपछि केहि काम गर्दै र केहि सिक्ने अवसर पनि भएको बताए । उनले प्रदेश सरकारले ६० बढी कानून बनाए पनि पूर्ण नभएको बताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश शाखाको तेश्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै पोखरेलले सरकारको काम जनताका लागि नीति बनाउने र ऐन कानूनलाई कार्यान्वयन गराउनेतर्फ सबैकाे पहल हुनुपर्ने बताए ।
म सरकारमा जानु पहिलेको सरकारले आम संचार विधेयक ल्याएको र त्यसका बारेमा थुप्रै विरोधका आवाज उठेपछि परिमार्जनसहित तयारी अवश्थामा राखेको बताउँदै पोखरेलले स्थानिय निर्वाचन तथा आम निर्वाचनको कारण ल्याउन नसकिएको बताए । उनले आगामी सरकारले आम संचार विधेयकलाई सदनबाट लगेर पास गराउने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री पोखरेलले अबको समयमा पत्रकार जगतलाई विकाससंगै जोडेर लैजान आवश्यक भएको बताउँदै यसका लागि कानूनी सम्बन्ध बिस्तारको खाँचो भएको बताए । हद नाघेको छाडापन देखिएकोले सोसल मिडियालाई नियमनको खाँचो भएको बताए । पोखरेलले गण्डकी प्रदेश सरकारले शुरुआत गरौं भनेर थोरे भएपनि लोक कल्याणकारी विज्ञापन तथा स्वास्थ्य बीमाको घोषणा गरेको भएपनि बजेटमा ध्यान पुग्न नसकेको कुरा स्वीकार गर्दै अबका दिनमा यसका बारेमा काम हुने बताए ।
विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष रमेश विष्टले पत्रकारहरुको हितकै लागि काम गर्ने संस्था भएकोले देशव्यापी रुपमा छलफलमा हिंडेको बताए ।
उनले संघीयताको अभ्यास भईरहेको यो बेलामा संघीय तथा प्रदेश सरकारहरुले आम संचार विधेयक ल्याएर स्वतन्त्र पत्रकारितामाथि प्रहार गरिरहेको बताउँदै त्यसलाई सच्याउन प्रदेश सरकारका प्रमुख तथा केन्द्र सरकारका प्रमुखसंग पटक पटक छलफल र विरोध गरेको बताए ।
विष्टले भने, हाम्रो काम पनि जनताको िहतकै लागि हो, हामी पनि जनताको विकाससंग सरकारले गरेका कामरुहरुको आधारमा लोखाजोखा गर्छौं र खबरदारी गरिरहन्छौं । उनले अहिले सोसल मिडिया जिम्मेवार नभएको तथा आम संचारलाई त्यसले नकारात्मक प्रभाव पारिरहेकोले एउटा निचोडमा पुग्न जरुरी रहेको बताए ।
महासंघका सचिव सृजना अर्यालले संचारको विकाससंगै चूनौतीका विषयहरु पनि थपिएको बताईन । नागरिकलाई सुसूचित गराउन सधैं खटिईरहेको बताउँदै संचारगृहहरुले उनीहरुको पारिश्रमिकमा कुनै रोकतोक लगाउन नहुने बताईन ।
केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले संचार क्षेत्रको कर्मलाई सम्मानजनक बनाउन र पेशागत मर्यादालाई कायम राख्न चूनौती रहेको बताईन । उनले संचार संस्थाहरुमा पनि महिला पत्रकार हिंसाका सिकार भएको बताउँदै यसमा सबै पक्ष चनाखो हुनु पर्नेमा जोड दिईन ।
महासंघ गण्डकीका संस्थापक सचिव तथा फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीषले हामीले संघीय संरचनाको मर्म र भावना अनुसार काम गर्नु पर्नेमा सो अनुरुपको समावेशी चरित्र संचार क्षेत्रमा नपाएको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले प्रदेश कमिटिले केन्द्र तथा जिल्ला दुवैसंग समन्वय गरेर अगाडी बढेकाे खण्डमा यसको गरिमा अझैं उच्च हुने बताईन । उनले प्रदेशका ११ सय पत्रकारहरुको पारिवारीक स्वास्थ्य बीमाका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराईन ।
गैह्र सरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले पत्रकार महासंघसंग मिलेर नागरिकका नैसर्गिक अधिकार तथा स्वतन्त्रतासंग गाँसिएका विषयहरुमा सम्झौता भएको जानकारी दिए । उनले भने, हामी पनि विकास वा नागरिकसंग जोडिएका हरेक विषयमा साझेदार हुनुपर्छ भन्ने कुरामा अगिड रहेका छौं र सरकारकाे ढाेका ढकढकाइ रहन्छाै।
कार्यक्रममा महासंघ प्रदेश कमिटिले संचालन गरिरहेको रुद्र बहादुर भट्टराई पत्रकारिता पुरस्कारका स्थापनाकर्ता गोपि भट्टराईले थिलोथिलो भएको पर्यटन क्षेत्रको भविष्य जोखिममा रहेकोले सरकारले उचित पहलकदमि लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अनुशासन आयोगका सदस्य श्याम कुँवर, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेल, प्रेस सेन्टर गण्डकीका उपाध्यक्ष घनश्याम पाण्डे, समाजवादी प्रेस संगठनका अध्यक्ष गणेश पौडेल, वरिष्ठ पत्रकार कृष्णप्रसाद वास्तोलाले अहिलेको अवश्थामा पत्रकार र संचार संस्थाको अवश्था नाजुक रहेको बताए ।
धेरैले श्रमजिवि पत्रकारहरुलाई तलब दिन नसकिरहेको अवश्थामा सोसल मिडियाका कारण समाजमा नकारात्मक कुराहरु गईरहेको र त्यसको दोष मुख्य पत्रकारीताको क्षेत्रमा परिरहेको बताए । उनले साेसल मिडियामा हुने विज्ञापनको खर्चको कारण यस क्षेत्रको आयमा पनि असर पुर्याई रहेको बताए ।
यसअघि महासंघ प्रदेश समितिका उपाध्यक्ष दीपक भट्टराईले सहभागिलाई स्वागत गरेका थिए । अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गोविन्द सुवेदीले गरेका थिए ।








काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



