किन बढ्दैछ नेपालमा गाडीको मूल्य ?

-



     सफल आवाज    
     पौष १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ पुस । नेपालमा उपलब्ध हुने गाडीको मूल्य फेरि बढ्ने देखिएको छ । भारत सरकारले आगामी अप्रिल १ बाट अनिवार्य र बाध्यात्मक हुनेगरी प्रदूषण मापदण्डमा परिवर्तन गरेसँगै गाडीको मूल्य भारतमै बढ्ने भएको हो । नेपालमा अधिकांश गाडी भारतबाट आउने भएकोले भारतमा मूल्य बढेपछि नेपालमा स्वत: मूल्य बढ्ने भएको हो ।

अहिले भारतमा उत्पादन भएका कारको ९५ प्रतिशतभन्दा बजार हिस्सा नेपालमा छ । यस्तोमा भारतमा नयाँ नियमा अनिवार्य गरिएसँगै उत्पादित कार नै नेपाल आउने भएकोले त्यसको प्रत्यक्ष असर नेपालको मूल्यमा पर्ने देखिएको हो । यद्यपि नयाँ मापदण्ड अनुरुपको गाडीले वातावरण प्रदूषण भने कम गर्ने गर्दछ ।

२०२३ को जनवरीबाट उत्पादनमा आउने सबै कारहरु बीएस सिक्स मापदण्डको फेज २ मा आधारित रहेर आउने भएकाले समग्रमा गाडीको मूल्यमा ५ देखि ७ प्रतिशतसम्म वृद्धि हुन्छ । त्यसै हिसाबले नेपालमा पनि जनवरीपछि आउने कारको मूल्यमा वृद्धि हुने बुझिएको छ ।