
काठमाडौं, १७ पुस । सीएफमोटोले जिहो ब्राण्डको शक्तिशाली इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध गराउने भएको छ । सीएफमोटो अन्तर्गत जिहो ब्रान्डका दुई मोडल एई८ र एई८ एस प्लस इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुने बताइएको छ ।
जिहो ब्राण्डका यी स्कुटर नेपाली बजारमा पहिलेदेखि नै सीएफमोटोका मोटरसाइकल बिक्री गर्दै आइरहेको अन्ना ग्रुप र रिलायन्स ग्रुप मिलेर ल्याउन लागेका हुन् । नेपालका आधिकारिक बिक्रेताका अनुसार यी दुवै मोडलका स्कुटर केही हप्ताभित्रै औपचारिक रुपमा बिक्री शुरु हुनेछ । यी दुवै स्कुटर नेपाली बजारमा हालसम्म उपलब्ध हुनेमा सबैभन्दा शक्तिशाली हुने कम्पनीको दावी छ ।
यस्तो छ स्कुटर
जिहो एई८ म्याक्सी स्टाइलको इलेक्ट्रिक स्कुटर हो । यो मोटरसाइकलका लागि विकसित गरिएको हाई रिजिड फ्रेममा आधारित रहेको कम्पनीको भनाइ छ । यो इलेक्ट्रिक स्कुटरको फ्रन्ट फेसिया ‘मेक–फेस’ डिजाइनको रहेको छ । भी आकारको एलईडी हेडलाइटयुक्त यो स्कुटरको यसको बडी सेमी–क्रसबाउ डिजाइनमा आधारित रहेको बताइएको छ ।
यसमा भएको ब्याट्रीले सिंगल चार्जमा १९० किलोमिटर सम्म रेन्ज दिने दावी गरिएको छ । १२.५ किलोवाट क्षमताको लिक्विड कुल्ड मोटर रहेको यो स्कुटरले २१८ एनएम टर्क जेनेरेट गर्छ भने १६.७ एचपी पावर जेनेरेट गर्छ, जुन २०० सीसी सेग्मेन्टको मोटरसाइकल बराबरको पावर हो ।
कम्पनीका अनुसार यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टासम्म छ भने यसले शून्यदेखि ५० किलोमिटर सम्मको गति २.६ सेकेन्डमै समात्न सक्छ ।
स्कुटर एक पटक फुल चार्ज गर्न ६ घन्टा समय लाग्ने र यसमा फास्ट चार्जिङको सुविधासमेत उपलब्ध रहेको छ । यो स्कुटर नेपालमा नै पहिलो डबल च्यानल एबीससहितको डिस्क ब्रेक युक्त हुने कम्पनीको भनाइ छ ।
एई८ एस प्लसमा भने अझै एड्भान्स्ड टीएफटी एलसीडी मिटर छ भने यसमा एबीएसका साथै म्याक्सिसको गुणस्तरीय टायर रहेको छ । यी स्कुटरको मूल्य भने अहिले सार्वजनिक भएको छैन । नेपालमा आधिकारिक बिक्री खुला भएपछि यसको मूल्य तोकिने आकलन गरिएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




