
काठमाडौं, २२ पुस । सर्वोच्च अदालतले उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादका बारेमा परेकाे मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ।
संवैधानिक इजलासले आज लामिछानेको नागरिकता र राहदानीबारे परेका मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको हाे ।
लामिछानेकाे विरुद्ध अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत: रद्द भएको । पुरानै नागरिकताले राहदानी बनाएको उल्लेख गरिएकाे थियाे । साथै नयाँ पार्टी दर्ता गरेर निर्वाचनमा गएकाे बारे सर्वाेच्चमा मुद्दा परेको थियो।
उनीमाथि परेकाे मुद्धामा कायममुकायम प्रधानन्यायायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले सुनुवाइ गर्दै साे आदेश दिन नपर्ने निर्णय गरेकाे हाे ।
अदालतले दिएकाे निर्णयपछि लामिछानेकाे मन्त्री र सांसद पद कायमै रहने भएको छ। सर्वोच्चले यो मुद्दालाई अग्राधिकार दिएको छ। मुद्दाको अन्तिम फैसला नभएसम्म विचाराधीन रहने भएपनि काम गर्न कुनै कठिनाइ हुनेछैन ।
लामिछाने पुस ११ मा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए।






काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



