
काठमाडौं, ४ माघ । चालु आर्थिक वर्ष २०७९/८०को पहिलो त्रैमासमा नियम उल्लङ्घन गर्ने केही विकास बैंक र फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले कारबाही गरेको छ ।
केन्द्रीय बैंकले यी विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई पहिलो त्रैमासमा अनिवार्य मौज्दात नपुर्याएको, विपन्न वर्गमा तोकिएअनुसार कर्जा नदिएको तथा कर्जा निक्षेप अनुपात कायम नगरेको जस्ता विषयमा कारबाही स्वरुप जरिवाना गरेको हो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र साल्पा विकास बैंक कारबाहीमा परेका हुन् ।
यस्तै पहिलो त्रैमासमा अनिवार्य मौज्दात नपुर्याएको, विपन्न वर्गमा तोकिएअनुसार कर्जा नदिएको तथा कर्जा निक्षेप अनुपात कायम नगरेको जस्ता विषयमा कारबाहीमा परेका ४ वटा फाइनान्स कम्पनीमा नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स र प्रोग्रेशिभ फाइनान्स रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।






काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



