
काठमाडौं, ५ माघ । कालिञ्चोक दर्शनले जारी गरेकाे सेयरमा १० गुणा बढी आवेदन परेकाे छ । कम्पनीले माघ ३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा उक्त परिमाणमा आवेदन परेकाे हाे।
सिडिएस एण्ड क्लियरिङ्गले जजाए अनुसार ७ लाख ८४ हजार ६३२ जना आवेदकले ९२ करोड ३६ लाख ९५ हजार रुपैयाँ बराबरको ९२ लाख ३६ हजार ९५० कित्ता सेयर माग गरेका छन्। साे माग सर्वसाधारणका लागि निष्काशन गरेको ८ लाख ९६ हजार ४०० कित्ता सेयरकाे १०.३० गुणा बढी देखिएकाे छ ।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर जारी गरेकाे थियाे । यसमा १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि रहेकाे छ । ५४ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ ।
यस्तै, २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । सर्वसाधारणका लागि ८ लाख ९६ हजार ४०० कित्ता रहेकाे छ । सेयरमा लगानी लगानी गर्न चाहने लगानी घटीमा १० तथा बढीमा ४ हजार ९९० कित्ताका लागि आवेदन पेश गर्न पाउने छन् । यसका लगि माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ ।
सेयर लगानीकर्ताले सेयरमा लगानी गर्नका लागि सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।






काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



