
काठमाडौं, ५ माघ । सवारी साधनको चेकिङमा पर्दा नागरिक एपमा भएको कागजात (ब्लूबुक र लाइसेन्स)ले काम नगर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार सवारी नियम उल्लङ्घन भएको खण्डमा यातायात निरीक्षक वा प्रहरीले सवारी सम्बन्धी सक्कल कागजपत्र लिई २४ घण्टे पुर्जी जारी गर्ने हुँदा नागरिक एपमा भएको व्यवस्थाले सो कार्य गर्न नसकिने भएकोले सक्कल कागजात नै बोक्न सबैमा आग्रह गरेको छ ।
यसैगरी सोही ऐनको दफा ६० बमोजिम ५ पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालकको अनुमतिपत्र ६ महिनाको लागि निलम्बन गर्ने व्यवस्था रहेकोले नागरिक एपबाट उक्त कागजपत्र निलम्बनमा परे नपरेको यकिन नहुने भएकोले हालको प्रावधान बमोजिम चालकले सवारी कागजपत्र भौतिक रुपमा साथमै राखी सवारीसाधन चलाउनु पर्ने कार्यालयले विज्ञप्तिमार्फत् सूचित गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा १३१ बमोजिम कुनै पनि सवारी चालकले चालक अनुमतिपत्र प्रहरी वा यातायात निरीक्षकले जाँचबुझको सिलसिलामा हेर्न खोजेमा देखाउनुपर्ने व्यवस्था रहेको छ । सोही ऐनको दफा १६४ को उपदफा १(न) बमोजिम चालक अनुमतिपत्र साथमा नराखी सवारी चलाएमा यातायात निरिक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने व्यवस्था रहेको छ । यसै हिसाबले नागरिक एपमा सबै विवरण र कागजात अद्यावधिक भए पनि सवारी चलाउँदा सक्कल कागजात नै बोक्नुपर्ने भएको हो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




