नयाँ हुन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक, मूल्य कति छ ?

-



     सफल आवाज    
     माघ ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ माघ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कार हुन्डाई भेन्यू सार्वजनिक गरेको छ। याे कार ‘न्यु स्टाइल न्यु स्टेटमेन्ट’ नाराकासहित सार्वजिनक भएकाे हाे ।

हुन्डाई भेन्यू नयाँ र परिष्कृत रुपमा रहेकाे छ । यस गाडीका साैखिन ग्राहकहरुकाे मन अब यस कारतर्फ जाने विश्वास गरिएकाे छ। नयाँ हुन्डाई भेन्यू कार आकर्षक डिजाइनमा रहेकाे छ । कम्पनीले यसमा विशिष्ट किसिमका सुविधा रहेकाे जनाएकाे छ । सुरक्षाका हिसाबले पनि कार उत्तम मानिएकाे छ । यसमा भएकाे साेहि गुणकाे कारणले पनि विश्वचर यसकाे छुट्टै परिचय बनेकाे छ ।  

कार समय अनुकुलकाे रहेकाे छ । यहि चरणकाे माेडेलमा पहिलोपटक कारको पछिल्लो भागमा कनेक्टिङ एलईडी टेल ल्याम्प रहेकाे छ । जसकाे कारण कार उच्चकाेटीकाे देखिन्छ । 

यसकाे अगाडीकाे भागमा पारामेटिक फ्रन्ट डार्क क्रोम ग्रिल, नयाँ बम्पर र स्किड प्लेट डिजाइन रहेकाे छ । यसकाे कारण कार हेर्दा आकर्षक, आधुनिक र स्पोर्टी स्वरुपकाे देखिन्छ । कारमा डायमन्ट कट अलोय ह्विल्स, एलईडी प्रोजेक्टर ल्याम्प, पुडल ल्याम्प, सार्क फिन एन्टिना रुप रेल रहेकाे छ ।  

यात्राका लागि नयाँ हुन्डाई भेन्यू आरामदायी मानिएकाे छ। सुविधायुक्त चालक सिट रहेकाे छ भने ८ इन्चकाे इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएकाे छ । कुल्ड ग्लोब बक्स, वायरलेस फोन चार्जर, डुअल जोन क्लाइमेट कन्ट्रोल एससी र स्मार्ट सनरुफ लगायतका विषेशता रहेका छन् । 

याे कार ई, एस र एसएक्स तीन माेडलमा रहेकाे छ । नयाँ हुन्डाई भेन्यूको मूल्य रु.३९.९६ लाख रहेकाे छ। नेपाली बजारमा यसले राम्राे पकड राख्ने कम्पनीले विश्वास गरेकाे छ । कम्पनीले देशका १७ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट हुन्डाई गाडीहरुको सहज किसिमले किनमेल तथा सर्भिसिङ्गको सेवा दिइरहेकाे छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता रहेकाे छ ।