टिभिएसको पहिलो एओजी नाइट राइड सम्पन्न

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित


काठमाडौं, १० माघ । जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौं देखि चित्लाङ सम्म अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न गरेको छ । ३० जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिए ।

उनीहरु मनोरञ्जनमा मात्र सिमित रहेनन् चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै उनीहरुले कम्पनीको तर्फबाट समाजिक सेवाका काम पनि गरे । उनीहरुले चित्लाङको कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामाग्री वितरण गर्नुका साथै अरु विभिन्न कार्यक्रमहरु पनि आयोजना गरे । कार्यक्रममा युट्युबर जानकारी केन्द्र तथा मोटो भ्लगरहरु ‘बाइकअल्साइक’ र ‘टुइनस्-राइडर’हरु कार्यत्रममा उपस्थित थिए ।

टिभिएसको रात्रिकालिन यात्रा यो पहिलो रहेको कम्पनीले जनाएको छ । राइडका एक सहभागी भन्छन्, ‘चित्लाङमा यस्तो राइडको आयोजना धेरै थोरै मात्र हुन्छ । जगदम्बा मोटर्सले हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौं ।”

कार्यक्रमका अर्का सहभागी कल्याण श्रेष्ठले एओजी कै बारेमा सुनेर आफुले अपाचे किनेको बताए । उनले जगदम्बा मोटर्सलाई धन्यवाद दिँदै भने, ‘मैले अपाचे आरटीआर २०० फोभि एफआई किनेपछि एओजी ग्रुपमा सामेल हुन पाउँदा निकै खुशी छु र जगदम्बा मोटर्स प्रा.लि प्रति आभार व्यक्त गर्न चाहन्छु ।’