अर्काको लाइसेन्स ट्रायल परीक्षा दिने व्यक्ति पक्राऊ

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित


मोरङ, १० माघ । मोरङको सुन्दरहरैँचाबाट प्रहरीले अर्काको नामको ट्रायल दिने २ जनालाई पक्राऊ गरेको छ । सुन्दरहरैँचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिइरहेका र ट्रायल दिन लगाउने गरी २ जनालाई सोमबार पक्राऊ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सुनसरीको भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेका छन् ।  

प्रहरीका अनुसार पक्राऊ परेका षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको टोली फेला पारी उनीहरूलाई प्र.१-०२-०४५ प ९४३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमाथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।