बागमतीमा टुंगियो मन्त्रीको भागबण्डा, कसलाई कति मन्त्रालय?

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ माघ । वागमती प्रदेशमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । यो टुंगो लागेसँगै प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । मुख्यमन्त्री जमरकट्टेलले सत्ता साझेदार दलहरुसँगको छलफलपछि आज बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने बताइएको छ ।

सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ । यसैगरी एमालेको भागमा ४ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने निश्चिचत भएको छ ।

एमालेबाट एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, जगन्नाथ थपलिया मन्त्रीका रुपमा जाने भएका छन् । उनीहरुको मन्त्रालय भने तोकिसकिएको छैन । यस्तै माओवादी केन्द्रले मुख्यमन्त्री र तीन मन्त्री पाएकोमा युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई मन्त्रीका रुपमा सरकारमा पठाउने भएको छ । यसैगरी ३ वटा मन्त्री भागमा परेको राप्रपाले यसअघि नै एक मन्त्री पठाइसेको छ । तर अब बाँकी २ जना कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागाइसकेको छैन । पार्टीले आन्तरिक छलफलपछि मन्त्रीको टुंगो लगाउने बुझिएको छ ।