
काठमाडौं, १३ माघ । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । गायक पौडेलको निधन भएको राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले जानकारी गराएका हुन् । उनको स्याङ्जास्थित आफ्नै घरमा निधन भएको बताइएको छ ।
प्राप्त जानकारी अनुसार पौडेल रक्तअल्पताको कारण २ महिनादेखि बिरामी भएर उपचार गराइरहेका थिए । उपचाररत उनी केही त्यसयता घरमै आराम गरिरहेका थिए ।
उनी निकट कलाकारका अनुसार पौडेलले हिंडडुल गर्न गाह्रो भएको र रगतको कमीले शरीर सुक्दै जान थालेको बताउँदै आएका थिए । पौडेलको पार्थिव शरीरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने बताइएको छ