
काठमाडौं, १५ माघ । कोमाकीले उत्पादन गरेको तीनपाङ्ग्रे स्कुटर नेपालमा उपलब्ध भएको छ । नेपालमा आधिकारिक रुपमा कोमाकीका इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको युनिटी ट्रेडिङले उक्त तीनपांग्रे स्कुटर नेपालमा ल्याएको हो ।
यो तीनपांग्रे इलेक्ट्रिक स्कुटरको एक्सजीटी एक्स ५ रहेको छ भने नचलाएङ्को बेला पनि आफैं अडिने भएकाले कम्पनीले यसलाई सेल्फ ब्यालेन्सिङ स्कुटरको नाम दिएको छ । यो तीनपाङ्ग्रे स्कुटर विशेषगरी फरक क्षमता भएका व्यक्तिहरूलाई उपयोगी हुने र सबैले प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो स्कुटर रोक्नुपर्दा खुट्टा टेक्नुपर्ने झन्झट नहुने र स्कुटरको भार थेग्न नपर्ने भएकाले फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गरेर डिजाइन गरिएको हो । यसमा लिथियम आयन ब्याट्री दिइएको छ जसले एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।
कम्पनीका अनुसार यो स्कुटर रोक्नुपर्दा खुट्टा टेक्नुपर्ने झन्झट नहुने र स्कुटरको भार थेग्न नपर्ने भएकाले फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गरेर डिजाइन गरिएको हो । यसमा लिथियम आयन ब्याट्री दिइएको छ जसले एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ । यो एक्सजीटी जी ५ को मूल्य युनिटी ट्रेडिङले २ लाख ५९ हजार रुपैयाँ निर्धारण गरेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




