
काठमाडौं, १८ माघ । हिरो मोटोकर्पले नयाँ मोडलको ‘जुम’ नामको स्कुटर सार्वजनिक गरेको छ । यसको टप भेरियन्टमा कर्नरिङ लाइट पनि जडान गरिएको छ । यसले सडकको दायाँ र बायाँ पनि उज्यालो बनाउने र रातको समयमा यात्रा गर्दा अझ बढी सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ ।
हिरोले जुम स्कुटर ५ वटा रङमा उपलब्ध गराएको छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटीसहित १२ इन्च अलोय ह्विल रहेको यसको डिजिटल डिस्प्ले ब्लुटुथ मार्फत स्मार्टफोनमा जडान गर्न सकिन्छ । स्कुटरमा पेट्रोल कम भएङ्को खण्डमा जानकारी दिन लो फ्युल इन्डिकेटर राखिएको छ । यो स्कुटरमा चार्जिङ पोर्ट पनि दिइएको छ जसमार्फत् फोन चार्ज पनि गर्न सकिन्छ ।
हिरो जुम स्कुटरमा एलईडी हेडलाइट र एक्स आकारको एलईडी डेटाइम रनिङ लाइट उपलब्ध गराएको छ भने अग्लो र चौडा टायर राखिएको छ । ११०.९ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड एफआई इन्जिन जडान गरिएको यो स्कुटरले ८.०५ बीएचपीको पावर र ८.७ एनएमको टर्क उत्पादन गर्ने कम्पनीको दावी छ । हिरो मोटोकर्पको आई३एस प्रविधि पनि जडान गरिएको यो स्कुटरको सुधा प्रतिस्पर्धा टीभीएस जुपिटर र होन्डा एक्टिभा स्मार्टसँग हुने बताइएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




