
काठमाडौं, २२ माघ । सेगवे नाइनबट इलेक्ट्रिक स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता आइहब प्रालिले नेपालमा पहिलो पटक ब्याट्री स्वापिङ सुविधा ल्याएको छ । कम्पनीले ललितपुरको झम्सिखेलमा रहेको आफ्नो शोरुमबाट ब्याट्री स्वापिङ सुविधा सुरु गरेको हो ।
ब्याट्री स्वापिङको अर्थ सवारी साधनमा रहेको ब्याट्री निकालेर अर्को राख्ने भन्ने हुन्छ । कुनै कारणवश सवारी साधन लिएर बाहिर निस्कँदा चार्ज कम भएमा वा चार्जिङ स्टेशन नभेटिभएमा वा चार्ज गर्ने समय नभएमा ब्याट्री स्वापिङ एक मात्र विकल्प हुन आउँछ । सामान्यतया विद्युतीय सवारीधनीले आफैंले जगेडा ब्याट्री राख्ने र आवश्यक पर्दा आफैं स्वाप गर्ने गर्दछन् । तर जगेडा ब्याट्री नहुनेहरुका लागि कम्पनीले नै यस्तो सुविधा ल्याएको हो ।
सेगवेका स्कुटर लिएर काममा निस्कँदा चार्जकै कारण समस्यामा पर्न नपरोस् भनेर ब्याट्री स्वापिङ सुविधा सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ । ब्याट्री स्पा गरेर तुरुन्तै फर्काउनु पर्दैन । यसका लागि कम्पनीले ३४ दिन समय दिएको छ ।
यसबाहेक कम्पनीले आफ्ना ग्राहकको सहजतालाई मध्यनजरर गर्दै विभिन्न १० ठाउँमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने योजना बनाएको छ । कम्पनीका अनुसार भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिनेछ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




