बृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

-



     सफल आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ माघ । बृज सिमेन्टको प्रयोजनमा रहेको तेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ ।

“दिगो विकास र समृद्ध नेपालको लागि प्रविधि” मूल नाराका साथ सो प्रदर्शनी माघ २० गतेबाट नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको प्राङ्गणमा शुरु भएको थियो ।

प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, मिक्स डिजाईन कम्पिटिसन, सर्भेइङ च्यालेञ्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन, पोएट्री कम्पिटिसन, ओलम्पियाड गरेर १२ वटा विधामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए ।

प्रदर्शनीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यहरु, प्राध्यापक, इन्जिनियर र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रदर्शनीको समापनमा प्रतियोगिताका विजेता र उपविजेतालाई बृज सिमेन्टका सिनियर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले बृज सिमेन्ट ट्रफि प्रदान गरेका थिए ।

सिभिल इन्जिनियर विद्यार्थी समाज नेपालले आयोजना गरेको राष्ट्रिय इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिताका लागि बितेका ९ वर्षदेखि बृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ ।

बृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि केडिया अर्गनाईजेशन अन्तर्गत एक प्रभाग हो जो भैरहवामा रहेको छ । बृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट पि.पि.सि, ४३ ग्रेड साधारण पोर्टल्याण्ड सिमेन्ट ओ.पि.सि तथा पोर्टल्याण्ड स्लाग सिमेन्ट पि.एस.सि सिमेन्ट उत्पादन र बिक्री गर्दै आईरहेको छ ।

कम्पनीको गुणस्तरीय उत्पादन र सहज आपूर्तिको व्यवस्थापनको कारण देशका अधिकांश ठाउँमा यसको प्रयोग भईरहेको छ ।
नेपाल सिभिल इन्जिनियरिङ अन्तर्गत निर्माणका क्षेत्रमा बृज सिमेन्टले आफ्नो छबि उच्च बनाएको छ भने आम नेपाली उपभोक्ता यसबाट परिचित छन् ।

बृज सिमेन्ट कम्पनीले नेपालको प्राविधिक तथा सामाजिक क्षेत्रमा पनि संस्थागत उत्तरदायित्व बहन अन्तर्गत महत्वपूर्ण सहयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिदैं आएको छ ।