याडिया इलेक्ट्रिकले चाबहिलमा सुरु गर्यो नयाँ शोरुम

-



     सफल आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ माघ । याडिया इलेक्ट्रिकले काठमाडौंको चाबहिलमा नयाँ शोरुम सञ्चालनमा आएको छ । नेपालका लागि याडिया ब्रान्डको आधिकारिक वितरक कुजु नेपाल प्रालिले चाबहिलको चुच्चेपाटीमा रहेको दम्पा कम्प्लेक्समा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

चाबहिलमा खोलिएको शोरुमको काठमाडौं महानगरपालिका वडा नम्बर-७ का अध्यक्षले उद्घाटन गरेका हुन् । कम्पनीको अन्य शोरुम पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा सञ्चालनमा रहेका छन् ।

कम्पनीका सञ्चालक उमिद श्रेष्ठका अनुसार कम्पनीले निकट भविष्यमा नै काठमाडौंबाहिर बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा शोरुम खोल्ने योजना बनाएको छ ।

कम्पनीले पछिल्लो समय याडिया ब्राण्डका सी१ एस, जी५ र एस-लाइफ गरी ३ मोडलका इलेक्ट्रिक स्कुटरहरु नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले चाबहिल शोरुम उद्घाटनको अवसरमा आफ्नो सम्पूर्ण मोडलमा ३० हजार नगद छुटका साथै एक्सचेन्ज र इएमआइको व्यवस्था गरेको सञ्चालक श्रेष्ठले जानकारी दिए ।