नाडाको ४६औं वार्षिक साधारण सभा माघ २७ गते

-



     सफल आवाज    
     माघ २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ माघ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४६ औं वार्षिक साधारण सभा आगामी माघ २७ गते सम्पन्न हुने भएको छ । एशोसिएशनका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा मिति गत पुस ८ गते बसेको १३ औं केन्द्रीय कार्य समितिले निर्णय गरी नाडाको ४६ औं वार्षिक साधारण सभा माघ २७ गर्ने तय गरेको थियो ।

हालै नाडाले एक सूचना प्रकाशित गरी आफ्ना सम्पूर्ण सदस्यहरुलाई साधारणसभामा उपस्थितिका लागि अनुरोध गरेको छ । सूचना अनुसार नाडाको ४६ औं वार्षिक साधारण सभा आगामी माघ २७ गते काठमाडौंको दरबारमार्गमा रहेको होटल होटेल याक एण्ड यतिको रिगल हलमा दिउँसो २ बजे शुरु हुनेछ ।