नेपाल आउन थाले चीनमा बनेका टेस्लाका कार

-



     सफल आवाज    
     माघ २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ माघ । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी टेस्लाले चीनको प्लाण्टमा उत्पादन गरेका कारहरु नेपाल आउन थालेका छन् । यसअघि अमेरिकामा उत्पादन भएका टेस्लाका कार आयात हुँदै आएकोमा अब भने चीनमा उत्पादन भएका मोडल आउन थालेको हो । नेपालमा लागि टेस्लाको आधिकारिक वितरकका रुपमा अरेटी इन्टरनेशनलले चीनमा बनेका टेस्लाका गाडी आयात गरेको हो ।

हालै भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चीनबाट २ करोड १९ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको ४ थान टेस्लाको विद्युतीय कार नेपाल भित्रिएको पाइएको छ ।

विवररण अनुसार २०० किलोवाटदेखि ३०० किलोवाट पीकपावर क्षमता भएका टेस्लाका ४ वटा कार आयात भएका हुन् । यी ४ वटा कारमा सरकारले ३ करोड २ लाख २५ हजार रुपैयाँ भन्सार र अन्तःशुल्क वापत राजश्व पाएको छ । यी ४ वटै कार टेस्ला मोडल वाई हुन् । यसअघि सरकारले आयात प्रतिबन्ध लगाएका कारण १०० किलोवाट क्षमतामाथिका विद्युतीय गाडीको पनि आयात पनि रोकिएको थियो ।