
काठमाडौं, २६ माघ । यातायात व्यवस्था कार्यालय काठमाडौंले २०७० सालदेखि मोटरसाइकलको कर नबुझाएकाहरूलाई जरिवाना छुट गरी यही फागुन मसान्तसम्म कर बुझाउन आग्रह गरेको छ ।
यातायात व्यवस्था कार्यालय काठमाडौंले आज बिहीबार एउटा सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सूचना अनुसार आर्थिक वर्ष २०७०\७१ देखि आर्थिक वर्ष २०७५\७६ सम्म मोटरसाइकलको तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारीधनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना सबै छुट हुनेछ ।
कार्यालयले तोकिएबमोजिम कर तथा नवीकरणसमेत भुक्तानी नगरेका सवारी धनीले कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गर्दै फागुन मसान्तभित्र कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ अनुसार लाग्ने सो अवधिको जरिवाना छुटको व्यवस्था गरेको सूचनामा उल्लेख छ ।

दिइएको समयसीमाभित्र कर नबुझाएमा कुनै पनि सवारीधनीलाई करबाट उन्मुक्ति नमिल्ने भएकाले जरिबाना बढ्दै जाने इंगित गर्दै कार्यालयले कर तिर्न र नवीकरण गर्न सुझाएको हो । यसबाहेक कार्यालयले प्रयोगमा नभएका सवारी साधनको पनि कर लाग्ने र तिनीहरुको हालसम्मको कर तिरेर लगत कट्टा गर्न सबैमा आग्रह गरेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




