
काठमाडौं, ४ फागुन । जम्बो इलेक्ट्रिकले आफ्ना विद्युतीय स्कुटरको खरिदमा नगद छुटको योजना ल्याइको छ । कम्पनीले जम्बो इलेक्ट्रिक स्कुटर तथा क्यापाचिनो इलेक्ट्रिक स्कुटरमा २० हजार छुटको योजना अघि सारेको हो ।
जम्बो मोटर्स जम्बो ब्राभो तथा क्यापाचिनो इलेक्ट्रिक स्कुटरको नेपालमा लागि आधिकारिक बिक्रेता हो । भ्यालेन्टाइनको अवसर पारेर ल्याइएको यो योजनाको समय अझै केही समयका लागि थप गरिएको बताइएको छ । जम्बो मोटर्सका अनुसार यो योजनामा ग्राहकले जम्बो ब्राभो इलेक्ट्रीक स्कुटर तथा क्यापाचिनो एस इलेक्ट्रीक स्कुटर किन्दा २० हजार रुपैयाँ छुट पाउने छन् ।
स्पेसिफिकेसनका हिसाबले जम्बो ब्राभोमा ३ किलोवाटको मोटर जडान गरिएको छ । यसमा कम्पनीले दुई भेरियन्टको ब्याट्री अप्सन ल्याएको छ । यसमा २० एम्पीयर ७२ भोल्ट र ४० एम्पीयर ७२ भोल्टको ब्याट्री पाउन सकिन्छ । यी दुवै भेरियन्टमा डबल ब्याट्री अप्सन उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा २१ हजार ७०० सेलको एड्भान्स ब्याट्री रहेको छ । यो स्कुटरलाई २ घन्टामा फुलचार्ज गर्न सकिन्छ ।
कम्पनीले यसमा फास्ट चार्जर उपलब्ध गराउने जानकारी दिएको छ । यसमा रहेको ब्याट्रीलाई फुलचार्जमा भेरियन्ट अनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।
क्यापाचिनो एसले एकपटक फुलचार्जमा १४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । क्यापाचिनो एसमा ५५ एम्पीयर ७२ भोल्टको लिथियम आयन ब्याट्री दिइएको छ । यसमा ६ किलोवाट पिक क्षमताको मोटर प्रयोग गरिएको छ । यो स्कुटरको टप स्पीड क्षमता भने ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीले क्यापाचिनो एसको मूल्य ४ लाख २९ हजार रुपैयाँ र जम्बो ब्राभोको मूल्य ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




