
काठमाडौं, ५ फागुन । अब यामाहाको स्कुटर दैनिक १११ रुपैयाँ तिरेर चढ्न पाइने भएको छ । यामाहाले यो योजना आफ्नो रेजेड-आर स्कुटरका लागि ल्याएको हो । कम्पनीले सार्वजनिक गरेको यो योजनामा दैनिक १११ रुपैयाँ किस्तामा वा १ प्रतिशत ब्याजमा यामाहा रेजेड-आर ११३ स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
यामाहाको ‘की टू द गोल्डेन हार्ट’ योजना अन्तर्गत रेजेड-आर ११३ खरिद गर्दा ग्राहकले १ प्रतिशत मात्र ब्याज लाग्ने योजनामा वा दैनिक १११ रुपैयाँमा स्कुटर चढ्न सक्नेछन् । १ प्रतिशत मात्र ब्याज लाग्ने योजना छनोट गर्दा ६० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी रकम १२ महिनाको किस्तामा बुझाउनु पर्छ ।
तर १२ महिनाभन्दा बढीको समय चाहिएमा ब्याजदर बढ्ने कम्पनीले जनाएको छ । १८, २४ र ३० महिनाको मासिक किस्तासमेत छनोट गर्न चाहेमा क्रमश: ५ , ८ र १० प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ । १ प्रतिशत ब्याज लाग्ने योजनामा भने डाउन पेमेन्ट बाहेक ७ हजार ३७० रुपैयाँ मासिक किस्ता तिनुपर्ने बताइएको छ ।
दैनिक १११ रुपैयाँ किस्तामा पनि ६० प्रतिशत नै डाउन पेमेन्ट गर्नुपर्छ । यो योजनामा ३० महिनाको मासिक किस्ता तिर्दा दैनिक १११ रुपैयाँका दरले मासिक ३ हजार ३२५ रुपैयाँका दरले किस्ता बुझाउनु पर्छ । यसको ब्याज १० प्रतिशत हुन आउँछ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




