सुपर सोकोका इलेक्ट्रिक मोटरसाइकल र स्कुटरमा २० हजार छुट

-



     सफल आवाज    
     फागुन ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ फागुन । सुपर सोकोका मोटरसाइकल र स्कुटर किन्दा २० हजार छुट पाइने भएको छ । सुपर सोको ब्राण्डको आधिकारिक बिक्रेता डिलाइफ स्टाइलले यस प्रकारको भ्यालेन्टाइन अफर ल्याएको हो । कम्पनीले फेब्रुअरी महिनाभरी लागू हुनेयो योजनामा ग्राहकले २० हजार नगद छुटमा सुपर शोकोका स्कुटर तथा मोटरसाइकल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नगदमा मोटरसाइकल खरिद गर्ने ग्राहकले २० हजार फ्ल्याट छुट पाउने भएका हुन् । सुपर सोकोले बजारमा बिक्री गर्दै आएको स्कुटर र मोटरसाइकलमा ६०० वाटदेखि ३२०० वाट क्षमतासम्मका मोटर दिइएको छ । कम्पनीले बिक्री गर्ने साधनले एक पटकको फुल चार्जमा ८० देखि २०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दावी गरिएको छ ।

कम्पनीले सीयूएक्स, सिपीएक्स, भीएस वान र सीयू मिनी स्कुटर मोडल बिक्री गर्दै आएको छ । साथै, मोटरसाइकलमा टीएसएक्स, टीसी, टीसी म्याक्स, टीसी वन्डर र टीएस स्ट्रीट मोडल बिक्री गर्दै आएको छ ।