
काठमाडौं, १२ फागुन । चालु आर्थिक वर्षको शुरुवाती ७ महिनामा दुईपांग्रे सवारी साधन आयातमा उल्लेख्य कमी आएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म मोटरसाइकल तथा स्कुटरको आयात ६३ प्रतिशतले घटेको पाइएको छ ।
भन्सार विभागले हालै अद्यावधिक गरेको ७ महिनाको वैदेशिक व्यापार विवरण अनुसार माघ मसान्तसम्म ७१ हजार २२५ थान मात्र दुईपांग्रे सवारी साधन नेपाल भित्रिएको छ । तुलनात्मक हिसाबले हेर्दा गत वर्षको सोही अवधिमा १ लाख ८९ हजार ९२७ थान यस्तो सवारी भित्रिएको थियो ।
सरकार केही समय अघिसम्म १५० सीसीदेखि माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको थियो भने तरलता अभावका कारण सहजै ऋण पाउने अवस्था पनि विद्यमान थिएन । यस हिसाबले पनि यस्ता सवारी आयातमा गिरावट आएको आकलन गरिएको छ ।
माघ मसान्तसम्म नेपालमा १२५ सीसीसम्मका ४८ हजार ७६८ थान मोटरसाइकल आयात भएको छ । यसैगरी १५० देखि २०० सीसी सेग्मेन्टका १९ हजार ५ सयको हाराहारीमा मोटरसाइकल आयात भएको पाइएको छ । यो अवधिमा ३५० सीसीका मोटरसाइकल पनि १३२ थान आयात भएको विवरणले देखाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




