निरन्तर उकालाे लाग्याे टेस्लाको सेयरमूल्य

-



     सफल आवाज    
     फागुन १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ फागुन । टेस्लाको सेयरमूल्य निरन्तर उकालाे लागिरहेकाे छ । अमेरिकी कार निर्माता कम्पनी टेस्लाको सेयरमूल्य २०२३ को सुरुदेखि उकालाे लागेकाे हाे । यसले अहिले पनि निरन्तरता पाइरहेकाे छ ।

पछिल्लाे समयमा टेस्लाको सेयरमूल्य लगभग शतप्रतिशतले बढेको पाइएकाे छ। फेब्रुअरी महिनामा यसकाे प्रतिकित्ता सेयरमूल्य २०० डलर पुगेको छ । जनावरी महिनामा प्रतिकित्ता १०० डलरको हाराहारीमा रहेकाे थियाे ।

यस अघिकाे तथ्यलाइ हेर्ने हाे भने सन् २०२१ को नोभेम्बरमा सेयरमूल्य प्रतिकित्ता ४१४ डलर पुगेको थियो । त्यसपछि घटेकाे सेयरमूल्य १०१ डलरमा रहेकाे थियो । तर फेरि सन २०२३ मा बढ्न सुरु गरेको हाे र यसले निरन्तरता पाइरहेकाे छ।

अहिले टेस्लाकाे माग बढीकाे छ । कार उत्पादन हुँदै गर्दा माग उच्च रहेकोले र प्री अर्डर आउन लागेकाेले सेयरमूल्य बढेको बताइन्छ। कम्पनीका सीइओ एलन मस्क हुन । उनकाे नेटवर्थ १ खर्ब ९३ अर्ब डलर रहेकाे छ । उनी अहिले विश्वका दोस्रो धनी व्यक्ति समेत हुन् ।