
काठमाडौं । दुईपाङ्ग्रे सवारीका लागि चर्चित हिरो मोटोकर्पले आफ्नो एक्सपल्स सेगमेन्टको ४०० सीसी भेरियन्टमा काम गरिरहेको छ । हालै ‘इन्डियन नेशनल र्याली स्प्रिन्ट च्याम्पियनशिप’मा कम्पनीको नयाँ र्याली मोटरसाइकल देखिएको हो । उक्त ४०० सीसी सेग्मेन्टको च्याम्पियनशिपमा हिरोको नयाँ मोटरसाइक सहभागी भएको तस्बिर बाहिरिएपछि यस्तो आकलन गरिएको हो ।
उक्त मोटरसाइकल च्याम्पियनशिपको ४०० सीसीभन्दा माथिका मोटरसाइकल मात्र भाग लिन पाउने ए क्याटगोरीमा भाग लिएको र फ्याक्ट्री राइडले हालेको इन्टरनेटमा राखेको तस्बिर अनुसार यो मोटरसाइकलमा नयाँ इन्जिन तथा च्यासी देखिएको छ ।
यस हिसाबले हिरोले निकट भविष्यमा एक्सपल्सको हाल विद्यमानभन्दा माथिको भर्सन सार्वजनिक गर्न सक्ने र सार्वजनिक भएको खण्डकमा त्यसको सिधा प्रतिस्पर्धा रोयल इन्फिल्डको हिमालयनसँग हुने अटो वृत्तका जानकारहरुको अड्कल रहेको छ ।
कम्पनीले ल्याउने ४०० सीसीको उक्त नयाँ मोटरसाइकल डुअल स्पोर्ट्स तथा नेकेड डिजाइनमा ल्याउने अनुमान गरिएको छ । । यसमा ४२० सीसीको इन्जिन रहने अनुमान गरिएको छ जसले ३५ हर्सपावर शक्ति तथा ४० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्दछ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




