
काठमाडौं, १५ फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिनामा नेपालमा साढे ५ अर्बभन्दा बढीको चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको छ । विद्युतीय सवारी आयातबाट राज्यले यो अवधिमा १ अर्ब ५८ करोड ३६ लाख ३२ हजार राजस्व आम्दानी गरेको छ ।
भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरका २ हजार ९ थान चारपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका हुन् । यी सवारी साधनमा विद्युतीय कार, जीप र भ्यान रहेका छन् । यो सूचीमा विद्युतीय मोटरसाइकल, स्कुटर तथा ३ पाङ्ग्रे सवारीलाई समावेश गरिएको छैन ।
नेपाल भित्रिएका समग्र २ हजार ९ थान विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट १ हजार ४ सय ३५ थान आयात भएको छ । त्यसपछि अर्को छिमेकी राष्ट्र चीनबाट ३२१ थान तथा दक्षिण कोरियाबाट २ सय ४६ थान विद्युतीय गाडी आएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी अमेरिकाबाट ४ थान र इन्डोनेसियाबाट ३ थान विद्युतीय सवारी भित्रिएको छ ।
चीनबाट आयात भएकोमध्ये २९४ थान १०० किलोवाट क्षमतासम्मको कार, जीप तथा भ्यान रहेको छ । उक्त परिमाणको सवारीको मूल्य ६४ करोड ३५ लाख ९९ हजार रहेको छ । यसै अवधिमा चीनबाट २३ थान १०० देखि २०० किलोवाट क्षमतासम्मको कार, जीप तथा भ्यान आएको छ जसको मूल्य ९ करोड ३ लाख ५२ हजार रहेको पाइएको छ । यस्तै चीनबाट नै २ करोड १९ लाख ६८ हजार बराबरको ४ वटा २०० देखि ३०० किलोवाट क्षमताको विद्युतीय सवारी आएको छ ।
यसैगरी भारतबाट आयात भएका १ हजार ४ सय ३५ थान विद्युतीय सवारी साधनमध्ये सबै १०० किलोवाट क्षमतासम्मका कार, जीप र भ्यान रहेका छन् । तिनीहरुको समग्र मूल्य ३ अर्ब ८९ करोड ३४ लाख १५ हजार रहेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




