
पोखरा, २५ फागुन । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मादीका बालअधिकार समूहका बालबालिकाद्वारा मादी–३ मा फागुन २४ गते महिला हिंसा विरूद्ध सडक नाटक प्रदर्शन गरेकाे समाचार छ ।
स्थानीय समुदायलाई महिला अधिकार र कर्तव्य प्रति सचेत पार्ने र जिम्मेवारी निकायलाई जवाफदेही बनाउने उदेश्यले प्रर्दशन गरिएको सडक नाटकमा वडा अध्यक्ष, सदस्य तथा स्थानियहरूको उपस्थिति रहेको थियो ।
नाटकमा महिला विरूद्ध हुने घरेलु हिंसा, गर्भावस्थामा गरिने विभेद, अन्जानका मान्छेको विश्वासमा परेर बेचविखनमा पर्ने जोखिम जस्ता विषयमा स्थानियलाई सचेत बनाउन उक्त नाटक प्रस्तुत गरिएको थियो ।
वडा अध्यक्ष बिकास गुरूङले बालबालिकलाई राम्रो विषयलाई प्रस्तुत गरेको भन्दै बालबालिकाको कामको प्रशंसा गरेका थिए । उनले यस्ता खालका सचेतना मुलक नाटकले आम नागरिकलाई महिला को अधिकारका बारेमा सचेत बनाउन सकिने र महिला हिंसा विरूद्ध आवाज उठाउनका लागि महिलाहरूलाई जागरूक बनाउन सकिने बताए ।








काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



