होण्डाले सार्वजनिक गर्यो १०० सीसीको साइन मोटरसाइकल

-



     सफल आवाज    
     चैत्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ चैत । होन्डा इन्डियाले आफ्नो साइन मोटरसाइकलको १०० सीसी संस्करण सार्वजनिक गरेको छ । कम्पनी सिधा प्रतिस्पर्धा हिरो स्प्लेन्डरको १०० सीसी मोटरसाइकलसँग गर्ने गरी यसलाई सार्वजनिक गरेको हो । यो संस्करणको मूल्य होन्डाले भारु ६४ हजार ९ सय तोकेको छ ।

होन्डा साइन १०० को भारतीय बजारमा आजदेखि बुकिङ खुला गरिएको छ । कम्पनीले बुकिङ गर्नेलाई आगामी मे महिनादेखि डेलिभरी दिन थाल्ने जनाएको छ ।

साइनको नयाँ १०० सीसी इन्जिनले ८ हर्सपावर तथा ८.५ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । यसमा अलोय ह्वील, डीआरएल, टेलिस्कोपिक सस्पेन्सन, कम्बाइन ब्रेकिङ सिस्टम, सेमि डिजिटल कन्सोल जस्ता फिचर हुने कम्पनीको भनाइ छ ।

भारतमा सार्वजनिक भए पनि मोटरसाइकलको प्रमुख बजार नेपाल भएकाले नेपालमा यो १०० सीसीको साइन आउँछ कि आउँदैन भन्ने जिज्ञासा रहन्छ । तर कम्पनीले यो मोटरसाइकल नेपालमा आउने नआउने कुनै जानकारी दिएको छैन ।