
पोखरा, १० चैत । पोखरामा उत्कृष्ठ तथा गुणस्तरीय शिक्षाको मानक बनिरहेको विद्यालय हो गैह्रापाटनको कुमुदिनी होम्स । जहाँ पढाईको साथमा अतिरिक्त क्रियाकलाप, नयाँ -नयाँ शिक्षण पद्धतीहरु अवलम्बन, सिकाई र प्राप्त नतिजाले यसको उचाई चुलिदै गएको हो ।
विद्यालय, विद्यालयमा मात्रै सिमित भयो भने त्यो पूर्ण हुन सक्दैन । त्यसैले हामीले स्थापनाकालबाटै कुमुदिनी होम्सलाई शिक्षाको साथसाथै संस्कार, संस्कृति, कला र सम्पदायुक्त घरको रुपमा हेर्दै आएका छौं । त्यसका लागि विद्यालयको संरचना पनि बनाएका छौं । विद्यालय घर भईसकेपछि यसमा सबैको अझ बढी अपनत्व गाँसिनेमा हामी विश्वस्त छौं ।
विद्यालयका अध्यक्ष अशोक पालिखे भन्छन- विद्यालय अर्थात विद्यार्थीको विद्या आर्जन गर्ने घर सिकाइको ऐतिहासिक केन्द्र बनाउन चाहन्छौं । भविष्यको पुष्ताले याे देखुन, जानुन् र बुझ्ने मौका पाउन् । कुमुदिनी होम्स ३५ वर्ष पार गरेर अहिले ३६औं वर्षमा चलिरहेकाे छ। स्कुल अब आफैंमा गर्बिलाे इतिहास भएकाे छ । त्यसको साथमा स्कुललाइ सम्पदाको रुपमा विकास गरेका छाैं।

कुमुदिनी होम्स नेपालको शीर्ष बोर्डिङ स्कूलहरू मध्ये एउटा अब्बल स्कुलको रुपमा दर्ज भईसकेको छ । विद्यार्थीहरूलाई भविष्यमा उच्च उपलब्धि हाँसिल गर्न प्रेरित गरिरहेको छ भने विद्यार्थीले ल्याएको उत्कृष्ट नतिजाले गर्विलो संस्था बनिरहेको छ । अध्यक्ष पालिखे भन्छन्, कुमुदिनी होम्सले लिएको आदर्श मार्ग नै “सधैं उच्च लक्ष्य” हो । यसैले विद्यालयको दिशा र भविष्यको लागि विद्यार्थीहरूलाई भोलिको संसार र कार्यस्थलको लागि तयार पार्ने भविष्यको दृष्टिलाई नियन्त्रण गर्दछ ।” हाम्रा विद्यार्थीहरु अगाडि बढ्न सक्षम छन् र आउने चुनौतीहरुको सामना गर्न पनि अडिग छन् ।

२०४४ साल पुसको २ गते हामीले कुमुदिनीलाई स्थापना गर्यौं । शुरुमा १ देखि ५ कक्षासम्मको पढाई संचालन गरेका थियौं । पछि कक्षा थप गर्दै २०५२ सालमा एसएलसीको व्याच पनि तयार भयो । २०५९ सालमा हाम्रै विद्यार्थी अञ्जली सुवेदीले एसएलसीमा देशभरको नतिजामा बोर्ड टप गर्नेमध्ये टप टेनमा पर्न सफल भईन । जो हामीले स्वर्ण अक्षरले लेखिएको अनुभूति गरिरहेका छौं ।
२०७९ सालमा गण्डकी प्रदेशमै साइन्सतर्फ हाम्रै विद्यार्थी सलोन श्रेष्ठ टपर हुन सफल भए । पूर्णिमा पनि उत्कृष्ठ विध्यार्थी हुन् ।
हामीसँग अहिले झण्डै ३ दशकदेखि पढाईरहेका अनुभवी शिक्षक छन । अहिले मन्टेसरी देखि कक्षा १२ सम्मको पढाई भईरहेको छ । कक्षा ११ र १२ मा व्यवस्थापन, विज्ञान तथा होटल म्यानेनमेन्टको पढाई भईरहेको छ । कुमुदिनीमा ९५ जना शिक्षकहरुले पढाईरहेका छन् भने प्रशानिक कामका लागि ३५ जना कर्मचारी छन् ।

स्कुलकाे सुविधा सम्पन्न भवन छ । नयाँ ५ तले भवन बनिरहेको छ । जो कलात्मक, सम्पदायुक्त छ । बिध्यालय वरपर हरियाली वातावरण रहेको छ । नयाँ भवनमा कलात्मक ३०० वर्ष पुराना भक्तपुरबाट ल्याईएका झ्याल, ढोका राखिएको छ । उनीहरुको मूल्य ८ लाख सम्म परेको अध्यक्ष पालिखेले बताए । विद्यालयमा रहेको म्युजियम देशदेखि परदेशसम्मका अवलोनकर्ताको लागि अध्ययनको केन्द्रको रुपमा विकास भईरहेको उनले बताए ।
समस्यालाई अवसरको रुपमा अंगाल्दै
अहिले नयाँ शैक्षिकसत्र पनि शुरु हुदैछ । वैशाखको ५ गतेबाट नयाँ शैक्षिक सत्र शुरु हुने हो । वर्षभरी विद्यालय संचालनमा सानातिना समस्याहरु त आउँछन तर ति समस्याहरुलाई समस्या नठानिकन समाधान गर्नुपर्छ र अगाडी बढ्नुपर्छ भनेर हामी लागिरह्यौं । समस्याहरु आए भने त झन् राम्रो गर्ने मौकाको रुपमा लिनुपर्छ, हामीले सोहि अवधारणाले काम गरिरहेका छौं ।
कोभिड १९ को कारण हामीलाई केहि समस्या परेको थियो । दुई वर्षसम्म विद्यार्थी स्कुलमा आउन सकेनन् । अनलाईनमा सबैभन्दा अगाडी पढाई शुरु गयौं । केहि असजिलो त हुने नै भयो तर यो वर्षदेखि भौतिक रुपमा नै विद्यार्थीको उपस्थितिमा पढाई शुरु भएपछि अँझ प्रगतिउन्मुख भएका छौं, पालिखेले भने ।
विद्यालयलाई घर र सम्पदाको रुपमा विकास

विद्यालयलाई मैले त घर भन्ने गरेको छु पालिखेले भने । जहाँ विद्यार्थीका लागि पढाईको वातावरण बनाउन भौतिक पूर्वाधारयुक्त हुनुपर्छ । पठनपाठनका लागि चाहिने राम्रो वातावरण त्यो हामीले कुमुदिनी होम्समा बनाएका छौं । हामीले त विद्यालयलाई घर भनेकोले यसमा सबैको आत्माको बास हुनेमा विश्वास गरेका छौं । सम्पदा, संस्कृति, प्रकृति र पर्यावरणको ज्वलन्त उदाहरण बन्ने प्रयास गरिरहेका छौं । अर्को कुरा हामीले विद्यालयलाई हाम्रो घर बनाईसकेपछि यसलाई सम्पदाको रुपमा विकास गरिरहेका छौं ।
हामीले अहिले सुविधा सम्पन्न तर त्यो संस्कृति र सम्पदाको झझल्को दिने खालको सुविधायुक्त भवन बनाईरहेका छौं जो सम्पन्न हुने चरणमा रहेको छ ।
अब्बल कसरी बन्ने सोंचको कुरा
नयाँ कसरी गर्ने, कसरी अब्बल बन्ने कुरा सोंचको कुरा हो । मैले दुई वर्ष विद्यार्थी कोरोनाको कारण विद्यालयमा आउन नसकेपछि अनलाईन पढाई चल्दै गर्दा बच्चाहरुको लागि अरितिक्त सुविधा दिन सुविधा सम्पन्न ५ तले भवन निर्माण गरेको हुँ पालिखेले भने । थप सुविधाको लागि भूँईतलामा दुईवटा अत्याधुनिक कम्युटर ल्याव बनाएका छौं ।
एउटामा न्युजिल्याण्डको थ्रि डि आई कोर्ष संचालन गरेका छौं । अर्कोमा नेपाल सरकारको करिकुलम अनुसार कक्षा संचालन गरेका छौं । हामीले १ कक्षाबाट नै कम्पयुटर शुरु गरेका छौं । तर सरकारले ४ बाट मात्र भनेको छ । हामीले सकेको बेलामा नगरे कहिले गर्ने ? अहिले नगरे कहिले गर्ने ? हो यसैका लागि नयाँ नयाँ सिर्जनशिल काम गर्नुपर्छ भन्ने मान्यतामा रहेका छौं ।
३०० वर्ष पूरानो ८ लाखको झ्याल
हामिले कुमुदिनी होम्सकाे नयाँ भवनका लागि भक्तपुरबाट डाँची ईटा ल्याएर नेपालीपन दिएका छाैं । त्यहाँबाट ३०० वर्ष पूराना झ्यालढोकाहरु ल्याएर भवनलाई सम्पदाको रुपमा विकास गर्ने सोंचले यसो गरिएको हो अध्यक्ष पालिखेले भने । बच्चाहरुलाई भवन मात्र नदेखाई उनीहरुलाई आफ्नो नेपालीपन, कला, संस्कृतितर्फ झुकाव होस् भनेर यस्ताे गरिएकाे हो । नयाँ भवनमा नेवारी आर्टिटेक्चरमा आधारित बहुमूल्य झ्यालहरु रहेका छन् । जहाँ एउटा झ्यालको मूल्य ८ लाखसम्म परेको उनले सुनाए । एकल झ्याल छ जसलाई नेवारीमा याक झ्या भनिन्छ ।

अर्को तीनवटा झ्याल छन् जसलाई सैं झ्या भनिन्छ । अर्को तीनवटा गारो बाहिर निस्केका छन्, यसलाई विमान झ्या भनिन्छ । अर्को कुँ झ्या छ जो कुनामा रहेको छ । अर्को झ्याल छ जो पोखरामा कहि पनि छैन । ठूलो झ्याल १८ फिट लामो ६ फिट अग्लो रहेको छ । जो ३०० वर्ष पूरानो झ्याल हो । बच्चाहरुले आफ्नो स्कुललाई सम्पदायुक्त, कलात्मक छ भनेर गौरव गरुन् भन्ने ध्येय हो । आफ्नोपनको बारेमा जानकारी लिन र हेर्न आउनेलाई गर्वकासाथ देखाउन मिल्ने होस् भन्नका लागि यस्ताे भवन निर्माण गरिएकाे हाे ।
हरियाली वातावरण र अतिरिक्त क्रियाकलाप
जहाँ हरियाली छ त्यहाँ बच्चामा पोजेटिभ भाईब्रेसन आउँछ भनेर कुमुदिनी होम्समा हरियाली वातावरण तयार गरिएको छ । विभिन्न प्रजातिका रुखहरु र चराचुरुङ्गीहरु राखिएको छ । हामीले विभिन्न अतिरिक्त क्रियाकलाप गरिरहेका छौं । म्युजिक र डान्सको क्लास भईरहेको छ । ५, ६ जना शिक्षकले काम गरिरहेका छन् । स्पोर्टसका लागि पनि छुट्टै शिक्षकको व्यवस्था छ । आर्टका लागि दुई शिक्षक रहेका छन् ।

लाईब्रेरी र म्युजियम
विकसित शहरमा महानगरले लाईब्रेरी र म्युजियम बनाएको पाईन्छ तर हामीकहाँ छैन । हामीले यसैका लागि कुमुदिनी होम्समा म्युजियम पनि बनाएका छाैं । यसलाई अध्ययनको केन्द्र बनाउने लक्ष्य छ पालिखेले भने । म्युजियममा नेपालका प्रख्यात कलाकारहरुको चित्र राखिएको छ । १८० जनाका ४०० वटासम्म पेन्टिङ राखिएको छ । नेपालको पहिलो बिएफए गरेका चत्तुररत्न उदासको चित्र राखिएको छ । उहाँपछिका कलाकारहरुको पनि राखिएको छ । कार्टुनिष्ट दुर्गा वराल वात्स्यायनका ३० वटा चित्र राखिएको छ । यसलाई निःशुल्क अवलोकनको व्यवस्था पनि गरिएको छ ।
पोखरालाई सांस्कृतिक पहिचानको शहर
हाम्रो पहिचान हराए हामी नै हराउँछौ । त्यसैले पोखरालाई सांस्कृतिक पहिचानको शहरको रुपमा विकास गर्नुपर्छ । यसलाई कलात्मक शहरको रुपमा विकास गर्नुपर्छ । जहिले पनि फेवाताल र माछापुच्छ्रे देखाएर कहिलेसम्म हुन्छ हाम्रो विकास ? हामीले हाम्रो निर्माणलाई आफ्नोपनमा ढालेर बनाउनुपर्छ नकि त्यो आरसिसि घर मात्र । देख्दैमा अफ्नो पहिचान देखिने निर्माण गर्नुपर्छ । यो आर्थिक सवलिकरणको लागि सहयोगी हुन्छ । कुमुदिनी होम्समा पनि साेही पहिचानको झझल्को आउँछ । मेरो पाेखरा महानगरसँग आग्रह छ कि पोखराको निर्माणमा आफ्नोपन झल्किने निर्माणको शुरुआत होस् ।

विद्यालय संचालनकाे ३६औं वर्ष
कुमुदिनी होम्स विद्यालय संचालनकाे ३६औं वर्षमा चलिरहेका छौं । बजारमा अग्रणी रहिरहनका लागि क्वालिटि हुनैपर्छ । हामीले पढाईको क्वालिटीमा कुनै कम्प्रमाइज गर्दैनौं । अभिभावकको सन्तुष्टिसंगै अब्बल पढाईमा जोड दिएका छौं यसमा हाम्राे कुनै सम्झौता हुन सक्दैन पालिखेले भन्छन ।
के हो आईपिसि र थ्रि डि आई कोर्ष शिक्षण पद्धती ?
हामीले अहिले १ देखि ६ सम्म ब्रिटिश कोर्ष आईपिसि चलाई रहेका छौं । यो भनेको पहिला विद्यार्थीलाई बुझाउने र त्यसपछि पढाउने तरिका हो । उनीहरुले के सिके भनेर भविभावकसंगै राखेर वर्षमा दुई पटक परिक्षण पनि गछौं । यो कोर्ष पढाउने हामी पाेखराकाे पहिलो विद्यालय हुन पाएकाेमा गाैरव गरेका छाैं ।
अर्को विद्यार्थीलाई कसरी कम्प्युटरमा दक्षता अभिवृद्धि गर्ने भनेर न्युजिल्याण्डको थ्रिडिआई कोर्ष पढाईरहेका छौं । उनीहरुले कम्प्युटरमा साईन्स, सोसल स्टडिज, इतिहास वा केहिको बारेमा बढी सिर्जशिल बनाउन, ड्रोन बनाउन र चलाउन, फोटोग्राफी लगायतका कोर्षहरु चलाई रहेका छौं ।

विभिन्न भाषाका कक्षा संचालन
कुमुदिनी होम्सले बिद्यार्थीलाई चाईनिज भाषा सिकाईरहेको अध्यक्ष पालिखेले बताए । कोभिडको कारण ३ वर्ष बन्द भयो । अब आगामी जुनबाट शुरु गर्ने तयारी गरिरहेको बताए । ६, ७ र ८ कक्षका विद्यार्थीलाइ चाईनिज भाषा सिकाउदै आएको उनले बताए । अन्य हाम्रै समुदायका विभिन्न भाषाका कक्षाहरु चलाउने सोंच बनाईरहेको उनले बताए ।
नेवारी, मगर, थकाली, गुरुङ वा यहाँ बोल्ने भाषाहरुको कक्षा संचालनको लक्ष्य बनाएका छौं । कुमुदिनी होम्सले स्पोर्टलाई पनि जोड दिएको छ । बच्चालाई विद्यालयमा जाउँ जाउँ लाग्ने बनाएका छौं । पोखरामै उत्कृष्ट बास्केल बल कोर्ट बनाईरहेका छौं ।
साईन्सको गण्डकीकै उत्कृष्ट ल्याव
साईन्सको ११, १२ का लागि गण्डकीमै उत्कृष्ट ल्याव बनाएका छौं । २०७८ मा साईन्समा १८ जना निस्किएकोमा ४ जनाले स्कलरसिप पाउन सफल भए । सलोन श्रेष्ठ २०७९ का साईन्समा गण्डकी टपर हुन । एकजना जापान, एक अमेरिका र दुईले पोखरा युनिभर्सिटीमा इन्जिनियरिङमा अध्ययन गर्दैछन् । इन्जिनियरिङ कलेज पुल्चोकमा १० हजारले इन्ट्रान्स दिएकोमा उत्कृष्ट ३० जनामा सलोन श्रेष्ठले नाम निकाल्न सफल भए । फेरि सलोनले पोखरा युनिभर्सिटीमा ५०० जनामा टपमा नाम निकाल्न सफल भए । पूर्णिमा श्रेष्ठ फूल स्कलरसिपमा अहिले पढिरहेकी छन् ।

अझै राम्राे गर्ने याेजना
हामी अझैं कसरी राम्रो गर्ने भनेर लागिरहेका छौं । अहिले नयाँ भर्नाको सत्र शुरु भएको छ । विद्यार्थी ल्याउनका लागि अविभावकले निकै सोधखोज गरिरहेको पाएका छौं । आईपिसिमा शुल्क लिएका छैनौं । अतिरिक्त रकम लिदैनौ । नर्सरी देखि कक्षा १२ सम्मका बिध्यार्थीलाई बाहिर भ्रमणमा लैजाने गरेका छौं । अवलोकनले पनि उनीहरुमा नयाँ ज्ञान हुन्छ भन्नेमा हामी बिश्वस्त छाैं ।
“सधैं उच्च लक्ष्य”
हामीले स्कुलमा क्लास टपर कक्षा ४ देखि माथिकालाई निःशुल्क अध्ययनको व्यवस्था गरेका छौं । गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाईरहेका छौं । बिगत १० वर्षदेखि भुर्जुङखोलामा रहेको हिमालय प्राविका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री, खाजा, शिक्षकलाई आवश्यक तालिम दिदैं आएका छौं । पुल बनाई दिएपछि विद्यार्थीलाई विद्यालय जान सजिलो भएको छ ।
कुमुदिनी होम्सले खादरजुङको बाराही प्राविमा पनि सहयोग गर्दै आएको छ । हिमालयका दुई विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क पढाईरहेका छौं । हामीले भारतमा बेचिएकी एक नानीलाई टिचर बिना गुरुङको संयोजनमा फिर्ता ल्याएर अहिले १२ सम्म पढाईरहेका छौं । हामीकहाँ शतप्रतिशत, आधा र पच्चिस प्रतिशत छुट गरेर १३० बढी विद्यार्थीले स्कलरसिपमा पढिरहेका छन् । हाम्रो त उदेश्य नै “सधैं उच्च लक्ष्य” रहेको छ ।

दक्षता अभिबृद्धि र सेवा
शिक्षक दक्ष नभए रिजल्ट पनि राम्रो आउदैन भन्ने हामीलाई थाहा छ । एकेडेमिक क्वालिटि कायम राख्न र टिचरलाई दक्ष बनाउन हामीले विभिन्न तालिम दिने गरेका छौं । काठमाडौंबाट प्रशिक्षक ल्याएर समेत तालिम दिएका छौं । आईपिसिको लागि काठमाडौंबाट वर्षको १०, १५ लाख रोयल्टी तिरेर ल्याईरहेका छौं । यो विद्यालयले नै खर्च गर्छ ।
पोखरामा छोरेपाटन, हेम्जा, लेखनाथ बुढीबजार, लामाचौर बाटुलेचौर, भलाम लगायतका क्षेत्रमा गाडीको व्यवस्था रहेको छ । गाडी कहाँ पुग्यो भनेर थाहा पाउन ट्रयाकिङको व्यवस्था छ । होमवर्क डिजिटल सिस्टममा लगेका छौं । अन्त्यमा कुमुदिनी होम्सका संस्थापक पालिखेले भने, सबैले सबै क्षेत्रबाट “सधै उच्च लक्ष्य” राखेर अगाडी बढौं । (कुमुदिनी होम्सका संस्थापक/ अध्यक्ष अशाेक पालिखेसँगकाे वार्तामा आधारित )








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




