महिन्द्राको विद्युतीय गाडी ‘एक्सयूभी ४००’ को डेलिभरी सुरू

-



     सफल आवाज    
     चैत्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ चैत । महिन्द्राको विद्युतीय गाडी ‘एक्सयूभी ४००’ को डेलिभरी सुरू भएको छ ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले पहिलो इलेक्ट्रिक स्पोर्टस युटिलिटी भेहिकल ‘एक्सयूभी ४००’ को डेलिभरी भारतीय मराठीहरूको विशेष पर्व गुढी पाडवाको अवसरमा देशभर सुरू गरेको हो ।

कम्पनीकाअनुसार अहिले टप स्पेस ईएल भेरियन्ट मात्र डेलिभर गरिने जनाएको छ । तर यसको बेस स्पेक ईसी भेरियन्टको डेलिभरी भने यस वर्षको अन्त्यसम्ममा सुरू हुने कम्पनीले जानकारी दिएको छ ।

‘एक्सयूभी ४००’मा दुई वटा ब्याट्री प्याकको अप्सन दिइएको छ । यसमा ३४.५ किलोवाट आवर र ३९.४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसले अधिकतम पावर १४८ बीएचपी रहेको छ भने टर्क ३१० एनएम उत्पादन गर्दछ।