
काठमाडौं, २७ चैत । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका बारेमा अर्थ मन्त्री डा प्रकाशशरण महतसंग छलफल गरेको छ ।
नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थ मन्त्री महतसंग भेट गरी अटोमोवाइल क्षेत्रका समस्याहरुका बारेमा छलफल गरेको हो ।
सो क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेकोमा गुनासो गरे । उनले सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गरे । उनले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने बताए ।
भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरु आम सर्वसाधरण जनताले प्रयोग गर्ने र त्यसले दैनिक जीवनमा प्रभाव पार्ने भएकोले त्यस लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउन आग्रह गरे । साथै अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी बढेको जनाउदै त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढ्ने सुझाव दिए ।
छलफलको क्रममा मन्त्री महतले आफु धेरै अपठ्यारो परिस्थितिमा आएको बताउदै अटोमोवाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसंग सल्लाह गर्ने बताए । उनले कुन कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई समस्या परेको छ त्यसबारे आउदो बजेटका लागि सुझावमा समावेशगरी पठाई दिन आग्रह गरे । साथै उनले त्यसको समुचित समाधानका लागि प्रयाश गरिने आश्वासन दिए ।
मन्त्री महतले अव अटोमोवाइल व्यवसायीहरुले विद्युतिय सवारी साधनहरुको उत्पादन र विक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह समेत गरे । अध्यक्ष थापाले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरे ।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारी साधनहरु डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च विन्दुमा पुगेको कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेको बताए । उनले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महशुल घटाउन आग्रह गरे ।
छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रिय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छालगायतको उपस्थिति थियो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




