
काभ्रे, २६ बैशाख। काभ्रे जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाका ३ हजार २ सय परिवारलाई आजदेखि विद्युत उपलब्ध गराइएको छ । सरकारको उज्यालो अभियान कार्यक्रमअन्तर्गत महाभारतका सबै परिवारमा पुर्याइएको बिजुलीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी नीति, कार्यक्रम तथा बजेटमा आउँदो दुई वर्षभित्र प्रत्येक घरमा बिजुलीको व्यवस्थापन गरिसक्ने घोषणा गर्ने बताए । “नेपाली लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आइसकेका छन्, म केही समयपछि भारत भ्रमणमा जाँदा विद्युत् बिक्री र उत्पादनका विषयमा छलफल गरी सम्झौतासमेत गर्नेछु”, दाहालले भने।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ९५ प्रतिशत नेपाली विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिई उज्यालो उपभोग गरिरहेको उल्लेख गर्दै दुई प्रदेश पूर्ण विद्युतीकरण भइरहेको र अबको केही महिनामा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताए।
स्थानीय जनप्रतिनिधिले महाभारत गाउँपालिकामा बिजुलीको लागि मागपत्र पेश गरेपछि तत्कालिन नेकपाको सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरेको थियो ।
केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग कलकारखाना सञ्चालन गर्न नसकिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताए। उनका अनुसार यसअघि गाउँपालिकामा लघु जलविद्युत सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




