आगामी बजेटका लागि नाडाले अर्थ मन्त्रालयलाई दियो नीतिगत सुझाव

-



     सफल आवाज    
     वैशाख २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ वैशाख । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आर्थिक बर्ष २०८०/८१ को बजेटका लागि अर्थ मन्त्रालयमा नीतिगत राय सुझावहरु पेश गरेको छ।

नाडाले व्यावसायीक रुपमा प्रयोग हुने चारपाँग्रे सवारी तथा ढुवानीका साधनहरुहरु आम जनताको जीवनसंग प्रत्यक्ष सरोकारको विषय हुने जनाएकाे छ । यसको भाडादरले आम नागरिकको दैनिकी प्रभावित हुने भएकोले सो साधनहरुमा उच्च दरमा लागि आएको भन्सार र अन्तःशुल्क महशुल तथा सडक मर्मत सुधार शुल्क घटाउनु पर्ने माग गरेकाे छ।

सवारी साधनको आयात धेरै पुँजी चाहिने व्यवसाय भएकाले हालको अवस्थामा खुल्लाबजार नीति अनुरुप बजारलाई प्रतिस्पर्धी बनाई उपभोक्तालाई सस्तो मूल्यमा वस्तु उपभोग गर्न पाउने व्यवस्था गराउन र पैठारीकर्ताहरुको लगानी कम गर्न अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि सवारी साधन आयात गर्दा Bonded Warehouse को व्यवस्था गरिनु पर्ने माग गरेकाे छ।

एसेम्वलीङ उद्योगले औद्योगिकरण र आर्थिक स्थिरता कायम गर्न टेवा पुर्याउने भएकाेले औद्योगिक सिपको विकास गरी नेपालमा रोजगारी सृजना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्न नियन्त्रण गर्न समेत मद्दत गर्ने जनाइएकाे छ । एसेम्बलीङ उद्योगको स्थापना गर्नु आफैमा ठूलो पूँजी लगानी हुने आयोजना भएकोले सरकारले यस उद्योगलाई विभिन्न सुविधा प्रदान गरी प्रोत्साहन गर्नुपर्छ भनिएकाे छ ।

नाडाले अर्थ मन्त्रालयमा पेश गरेकाे नीतिगत राय तथा सुझावहरुकाे पूर्णपाठ