पोखरा, २३ जेठ । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरा १४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मी हरेक दिन कुशल ब्यबस्थापन, आतिथ्यता र उद्यमशिल भएर रहन सक्ने वातावरणको खोजि गरिरहने स्वभावका व्यक्ति हुन् ।
रेग्मी ससाना चियापसलदेखि तारे होटलसम्म पुग्दा यीनै कुराहरुमा विशेष ध्यान दिन्छन् भने इन्टर्नसिपमा आउने होउन वा विभिन्न तालिम, सेमिनारहरुमा परिणाममुखि, सिर्जनात्मक उद्यमशिलता र तिनका लागि व्यावहारिक रुपमा भईरहेको प्रयोगका विधिहरुको बारेमा घोत्लिने गर्छन् ।
व्यवहार बिग्रनुका कारक तत्वहरुको खोजि र निराकरण वा सफलता, प्रतिफल प्राप्त गर्नुका पछाडी लागू गरिएका तवरतरिका, बानि, व्यवहार र दिईरहेका सेवाहरुले त्यसको मूल्यांकन गर्ने उनको अनुभव छ ।
होटल म्यानेजमेन्ट कलेजको बलियो नेतृत्वकर्ताका रुपमा परिचित रेग्मी कलेज, कलेज बाहिरका विभिन्न तालिम र सेमिनारहरुमा सरिक भईरहेका हुन्छन् । कतिपय तालिम वा सेमिनारको थलो उनका हस्पिटालिटीका कुराहरु सुन्न र जान्न कलेजमै जाने गरिरेहेका छन् ।
मंगलबार एउटा यस्तै परिवेश थियो कलेजमा । मिस एसईई मा सहभागि भएका विभिन्न क्षेत्रका १२ जना अन्तिम प्रतिष्पर्धिहरुसंगको तालिममा उनी भन्दै थिए, ससाना कुराहरुले पनि सफलता प्राप्तिका लागि ठूलो महत्व राख्ने भएकोले हेलचक्राई गर्नै हुदैन ।
केहि कुराहरु त जहिले पनि अब्बल नागरिक हुनु भन्ने पहिलो घरकै शिक्षक आमा बाबाका कुरा ध्यानु दिनुपर्ने भन्दै अगाडी भने, डाइनिङ्ग एटिकेट अर्थात रेष्टूरेन्टमा वा हाेटलमा पुगेदेखि निस्किदासम्मका कुराहरु, व्यवहार, कुर्सिमा बस्ने तरिका, टेबलमा फोन राख्न नहुने, काँटा चम्चाको दिशा, ग्लास समात्ने र राख्ने तरिका, सामाग्री दिने र लिने तरिका लगायतका विभिन्न कुराहरुमा सहजिकरण गरे । उनले यी कुरा सामान्य जस्ता लागेपनि सैद्धान्तिक र नभइ नहुने कुरा भएकाे बताए ।
रेग्मीले होटल म्यानेजमेन्ट कलेजमा मिस एसईईमा सहभागि विद्यार्थीहरु उत्साहका साथ आएको र कतिको भविष्यको सपना यहीं नै अध्ययन गर्ने रहेको बताए । उनीहरुले सामूहिक छलफलमा अविभावक र साथीहरुलाई होटल म्यानेजमेन्ट कलेज एउटा राम्रो गन्तव्य हो भनेर चिनाउने बताएका थिए ।
इभेन्ट्स फर युले २०१४ देखि आयोजना गर्दै आईरहेको कार्यक्रम कोरोनाको कारण दुई वर्ष नभएकोले ८ औं संस्करणको रुपमा यसपालि कार्यक्रम गर्न लागिएको युवा उद्यमी विशाल गुरुङले बताए । हामीले शुरुवात कालमा दिएका तालिमका विधिहरु र अहिले आएर हेर्दा धेरै फरक भईसक्यो । आकाश जमिनको फरक भईसक्यो । त्यसैले अति आवश्यक मानिएको हस्पिटालिटी क्षेत्र पनि भएकोले यस कलेजमा आएका हौं उनले भने ।
गुरुङले भने, म २००४ मा यो क्षेत्रमा लाग्दा अहिलेको जस्तो डिजिटल युग थिएन तर अहिले यसको प्रर्धनको दायरा पनि फराकिलो भएको र विकास पनि निकै भएको बताए ।
फेशनकै क्षेत्रमा लगातारको लगाव हुने हो भने सहजै जिउन सकिन्छ । मोडलिङ गरेर पनि राम्रो कमाई गर्न सकिन्छ । नियम बिपरित काम गर्नुभएन तर कामप्रति रुचि दिएर लाग्ने हो भने असंभव केहि छैन । मलाई त लाग्छ समग्रमा यो क्षेत्रको भविष्य पनि राम्रो छ ।
तलिममा सहभागि विद्यार्थीले नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेजमा तालिम लिन पाउँदा निकै खुसि र फलदायी भएको बताए । रेग्मी सरबाट सोचेकोभन्दा धेरै कुराहरुको ज्ञान पाएको र यो ज्ञान मिस एसईई का लागि र भविष्यका कुनै पनि क्षेत्रमा काम लाग्ने व्यवहारिक ज्ञान पाएको बताए ।
एक सहभागि हुन पृथ्वीचोककी शान्ति श्रेष्ठ । म नि एक्साईडेड भएकी छु । मैले सुनिरहेको कलेजको नाम हो होटल म्यानेजमेन्ट कलेज । एकपटक आउने मन थियो । यो कुरा मिस एसईईको तालिमको अवसरमा जुट्यो ।
अर्कि सहभागि आकृति सिकेले होटल म्यानेजमेन्ट कलेजमा आउँदा यहाँको सुविधा सम्पन्न कलेज, व्यवहारिक र प्रयोगात्मक हस्पिटालिटीको पढाईबाट प्रभावित भएको बताईन् ।
असार ९ गते पोखरा उद्योेग वाणिज्य संघको सभाहलमा अन्तिम प्रतिष्पर्धा हुने इभेन्टस फर यु का विशाल गुरुङले जानकारी दिए ।