महिन्द्रा एसयूभी स्कार्पियोकाे बिक्री छिट्टै शुरु हुने

-



     सफल आवाज    
     असार १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ असार । गाडीका शाेखिनहरुले अब नेपालमा महिन्द्रा एसयूभी स्कार्पियो एन कुदाउन पाउने भएका छन् । नेपालका लागि यसकाे आधिकारीक विक्रेता अग्नी समूहले साे गाडीकाे छिट्टै बिक्री वितरण शुरु गर्ने जनाएकाे छ ।

अग्नी समूहले नेपालमा सार्वजनिक गरिएकाे एक बर्षपछि उक्त गाडीकाे बिक्री वितरण गर्ने तयारी शुरु गरेकाे हाे । गएकाे बर्ष असार महिनामा उक्त गाडीलाइ नेपाल, भारत र दक्षिण अफ्रिकामा सार्वजनिक गरिएकाे थियाे । उत्पादनकर्ताबाट तत्काल गाडीहरु उपलब्ध नभएपछि नेपालमा बिक्री भएकाे थिएन ।

गाडीकाे लुक्स राम्राे रहेकाे छ । नेपालमा अहिले यसकाे मूल्य खुलाइएकाे छैन । उता भारतमा यसकाे माय बढेकाे बताइएकाे ५ । यसका ९ लाख बढी युनिट बुकिङ गरिएकाे बताइएकाे छ ।

कम्पनीले यसअघिकाे स्वरुपभन्दा राम्राे र भिन्न नयाँपन दिएको जनाएकाे छ । याे गाडी स्मार्ट एसयूभीमा रुपान्तरण गरिएकाे छ । पहिलो पटक याे गाडीलाइ सन २००२ मा सार्वजनिक गरिएकाे थियो ।