
काठमाडौं, २८ असार । साताको शेयर कारोबार हुने अन्तिम दिन शुक्रबार शेयर बजारमा गिरावट आएको छ । आज १२ दशमलव ६२ अंकले गिरावट आएको शेयर परिसूचक २०८४ दशमलव ९३ विन्दुमा पुगेको छ ।
आज २९६ कम्पनीकाे ९३ लाख ८२ हजार ४४० कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँको कारोबार भएको हाे ।
आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स समेत घटेको छ । आज जिराे दशमलव ९० अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९१ दशमलव २५ विन्दुमा पुगेको छ ।