बीएमडब्लूको आइएक्स-३ गाडी नेपालमा सार्वजनिक

-



     सफल आवाज    
     श्रावण २ गते २०८० मा प्रकाशित



काठमाण्डौ, २ साउन । लक्ष्मी प्रिमियम मोटर्सले जर्मन प्रिमियम कार ब्रान्ड बीएमडब्लूको आइएक्स–३ गाडी नेपालमा सार्वजनिक गरेकाे छ। पेट्रोलबाट चल्ने एक्स–३ को सफलतापछि इलेक्ट्रिक मोडल आईएक्स ३ गाडी नेपालमा ल्याइएको हो। 

कम्पनीले बितेका ३ वर्षदेखि बीएमडब्लूका प्रिमियम उत्पादनहरुकाे बिक्री गर्दै आएकाे छ । बीएमडब्लूको एसएभी आईएक्स–३ विश्वमा अधिक बिक्री हुने मोडलमा पर्छ । कम्पनीले नेपाली बजारमा पनि यसले विश्व बजारमा कमाएकाे जस्तै चर्चा बटुल्न सक्षम हुने बताएकाे छ ।

नेपालमा विद्युतीय गाडीकाे मागलाई धान्नु पर्ने भएकाे छ । वातावरणकाे हिसाबले पनि राम्राे हाे त्यसैले पनि कार्वन उत्सर्जन नगर्ने विद्युतीय गाडी आईएक्स ३ सार्वजनिक गरिएकाे हाे ।

गाडी सुरक्षाका लागि उत्कृष्ट रहेकाे छ । यसमा ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर रहेकाे छ । ५.० ई–ड्राइभ प्रविधिका साथमा २८५ पीएस र टर्क ४०० न्युटन मिटर पाउन सकिन्छ । 

आइएक्स–३ मा रहेकाे ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्ज गर्दा ४६० किलोमिटर सम्मकाे लक्षय पूरा गर्छ । ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटभित्र ८० प्रतिशत चार्ज गर्न सक्दछ । लङ सफरका लागि यसमा म्यूजिक सुन्न १६ वटा स्पिकरकाे सम्याेजन छ ।

गाडीमा पानारोमिक ग्लास रुफ रहेकाे छ । यसले दिन र रातको समयमा पनि दृश्यावलोकन गर्न सहयाेग पुर्याउछ । गाडी लक्जरीयस छ भने १२.३ इन्चको डिजिटल क्लष्टर, १२.३ इन्चकाे इन्फोटेन्टमेन्ट प्रणाली जडान गरिएकाे छ। हेर्दा राम्राे लुक्सकाे याे गाडीमा २० इन्चको एरोडायनामिक ह्विल रहेकाे छ । 

लक्ष्मी प्रिमियम मोटर्सले काठमाण्डौको तीनकुनेमा २०२० देखि बीएमडब्लूका बिभिन्न उत्पादनहरुकाे नेपालमा बजारिकरण र बिक्री गिररहेकाे छ । कम्पनीका उत्पादनहरु BMW X1 sDrive18i, BMW X3 xDrive 20i, BMW X5 xDrive45e (PHEV), BMW 5 Series (PHEV) and BMW 7 Series रहेका छन्। नेपालमा यसकाे मूल्य रु २ कराेड २९ लाख ९६ हजार रहेकाे छ ।