बन्दीपुर केवलकारद्वारा आजदेखि आईपीओ बिक्री खुला

-



     सफल आवाज    
     श्रावण ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ साउन । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे छ ।

कम्पनीका अनुसार ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गरिएकाे हाे । यसमा ५ करोड ६६ लाख रुपैयाँ बराबरको ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय का लागि रहेकाे छ ।

यसमा तनहुँकाे बन्दीपुर गाउँपालिकाका सबै वडाहरु, आँबुखैरेनी गाँउपालिकाका सबै वडाहरु, भानु नगरपालिका वडा नं. १ तथा गोरखाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।

कम्पनीकाे शेयर निस्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेकाे छ ।