
काठमाडाैं, ९ साउन । पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा देशव्यापी रूपमा शुरु गरिएको सामाजिक समस्या तथा विकृति विरुद्धको जनचेतना कार्यक्रम आज बारा जिल्लाको पिलुवा र उत्तर झिट्कैयामा रहेको सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर नम्बर ४० रिजर्भ गण र हेडक्वार्टर नं. १२ गणमा सफतापूर्वक सम्पन्न भएको छ।
उक्त गणमा कार्यरत रहेका सबै दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई समाजबाट लागुऔषध सेवन उन्मुलन गर्ने, मानवअधिकारको पूर्ण पालना गराई दाईजो प्रथा, घरेलू हिंसा, आत्महत्या, भेदभाव, छुवाछुत, अन्धविशवास जस्ता सबै सामाजिक विकृति तथा समस्याहरुको अन्त्य गर्ने सन्त रामपालजी महाराजको उद्देश्य र मानव जीवनका लागी महत्वपूर्ण गीता ज्ञान लगायतका विभिन्न विषयहरुमा विस्तृत रुपमा जानकारी दिँदै कार्यक्रम सम्पन्न गरिएकाे बताइएकाे छ।
दुर्व्यसनमुक्त स्वच्छ, सभ्य समाज बनाई सुखी समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको र अहिलेसम्म लाखौं मानिसहरू यस संस्थामा लागेर सबै विकृति त्यागी स्वच्छ जीवनयापन गरिरहेको आयोजकले जनाएका छन्। उक्त कार्यक्रममा समाजमा व्याप्त बिकृतिहरुलाई अन्त्य गर्ने प्रभावकारी सरल उपायहरु बताइनुका साथै मानिसको लागि अति आवश्यक गीता लगायतका आफ्ना धर्मग्रन्थहरूमा लेखिएको ज्ञानको अध्ययन गर्न प्रेरित गरिएकाे बताइएकाे छ ।

नीति मात्र होइन नियतमा परिवर्तन भयो भने मात्र समाजमा परिवर्तन सम्भव छ र नियतमा परिवर्तनका लागि पवित्र शास्त्रहरु वेद , गीता आदीमा उल्लेख गरिएको आध्यात्मिक ज्ञान पनि आवश्यक रहेको उक्त कार्यक्रममा बताइएकाे थियाे। उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई सन्त रामपालजी महाराज द्वारा लिखित पुस्तक आध्यात्मिक ज्ञानको गोला नि: शुल्कमा वितरण पनि गरियो साथै गीता तिम्रो ज्ञान अमृत,ज्ञान गंगा,आदि पुस्तकहरु पनि प्रदान गरिएकाे थियाे।
यस्ता किसिमका कार्यक्रमहरुबाट मानिसको स्वभावमा परिवर्तन आई आपसी भाईचाराको माहौल बन्ने र समाजमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको कुलत दुर्व्यसन समाप्त हुने सशस्त्र गणका अधिकारीहरुले जनाएका छन्।